मेसीको क्लब मियामीविरुद्ध पिएसजीको चार गोल « Khabarhub

मेसीको क्लब मियामीविरुद्ध पिएसजीको चार गोल


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लियोनल मेसीको क्लब इन्टर मियामीविरुद्ध पेरिस सेन्ट जर्मन (पिएसजी)ले शानदार जित निकालेको छ। पिएसजीले चार गोल गर्दा मेसीको क्लब मियामीले एक गोलसमेत गर्न सकेन।

जाओ नेभासले गरेको दुई गोलसँगै इन्टर मियामीलाई ४–० ले पराजित गरेको पिएसजी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

एटलान्टामा भएको खेलको छैटौँ मिनेटमा नै भिटिन्हाको फ्रिकिकलाई उपयोग गर्दै नेभासले गोल गरेका हुन्। पोर्चुगलका मिडफिल्डर नेभासले ३९ औँ ब्रोडी बाकुलाको सहयोगमा गोल गरेका हुन्।

पहिलो हाफमा पिएसजी थप दुई गोल गर्न सफल भयो। डिजाइर डोउको क्रसलाई रोक्ने प्रयासमा टोकास एभिलेसले आत्मघाती गोल गरे। अस्राफ हाकिमीले अन्तिम गोल गरे।

पराजित मियामी मेसीको उपस्थितिपछि पहिलो पटक क्लब विश्वकपमा पहिलो चरण पार गर्न सफल भएको थियो। क्वार्टर फाइनलमा पिएसजीले वायरन म्युनिखसँग खेल्ने छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : ०७ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन