पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता « Khabarhub

पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्मको अवधिमा जिल्लामा लागूऔषधसम्बन्धित ११४ मुद्दा दर्ता भएका छन् ।

जिल्लाको एक सय सात किलोमिटर छिमेकीमुलक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागूऔषधको तस्करीसम्बन्धित गतिविधि बढेको जनाइएको छ ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले चालु आर्थिक वर्षको असार १२ गतेसम्म लागुऔषध कारोबारमा संलग्न रहेको जनाउँदै स्वदेशी तथा विदेशी गरेर १५१ जनालाई पक्राउ गरेको जानकारी दिए ।

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै ९८ नेपाली पुरुष र ६ जना नेपाली महिला पक्राउ परेका छन्,’ उनले भने, ‘सोही अवधिमा ४५ विदेशी नागरिक र दुईजना विदेशी महिलासमेत पक्राउ परेका हुन् ।’

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षमा एक हजार ५६१ केजी गाँजा बरामद गरेको छ । त्यस्तै ६२५ केजी चरेश, ३८४ ग्राम खैरो हिरोइन र साढे एक केजी अफिम बरामद गरेको छ ।

यसैगरी, फेनारगन एक हजार चार सय ३३ एम्पुल, डाइजेपाम चार हजार चार सय ९९ एम्पुल, नुरफिन चार हजार चार सय ६४ एम्पुल बरामद गरेको छ । त्यस्तै ट्रामाडोल दुई लाख ८९ हजार दुई सय ७४ ट्याब्लेट बरामद गरेको छ । (रासस)

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : ०७ बजे

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र