क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा « Khabarhub

क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। वायरनलाई जित दिलाउने क्रममा हेरी केनले दुई गोल गरे। लगातार ११ खेलको अपराजित यात्रा गरेको ब्राजिलियन क्लब फ्लेमिङ्गो छैटौँ मिनेटमै खेलमा पछि परेको थियो। जोसुआ किमिचको कर्नर बचाउने क्रममा एरिक पुलगारले आफ्नै पोस्टमा बल प्रहार गरेका थिए।

त्यसको तीन मिनेटपछि नै केनले गोल गरेका हुन्। पहिलो हाफ सकिन १२ मिनेट बाँकी रहँदा गेर्सनले फ्लेमिङ्गोका लागि गोल गरे। ४१ औँ मिनेटमा लियोन गोयट्जकाले गोल गरे।

माइकल ओलिसेले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई जर्जिन्होले गोल गर्दै फेरि अन्तर घटाएका थिए। खेल सकिन १८ मिनेट बाँकी रहँदा केनले क्लिनिकल फिनिसिङ गरे। क्वार्टर फाइनलमा वायरनले पिएसजीको सामना गर्नेछ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ९ : २६ बजे

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : आयोग

काठमाडौं- निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटस?

काठमाडौँ- नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी