चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द | Khabarhub Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जिप सफारी बन्द गरेको जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । त्यतिबेला ठूलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि बर्सात कम भएमा असोजको पहिलो साता सफारी खुल्नेछ । 

वर्षाको समय जंगली जनावरका लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा निकुञ्जभित्र प्रवेश गर्दा जङ्गली जनावरको बासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जिप सफारी बन्द गरेको हो । 

मगरका अनुसार बर्खायामको समयमा निकुञ्जको बाटोहरू  बिग्रिने तथा बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यावसायिक जिप सफारी बन्द गर्ने गरेको छ ।

 निकुञ्जको सौराहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट नौवटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् ।  निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा जिप सफारी नियमित सञ्चालन हुनेछ । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : ४२ बजे

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा बालियो दीप

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको

मुस्ताङको चराङमा ‘चार्जिङ स्टेसन’

मुस्ताङ– जोमसोम–कोरला राजमार्ग सडकअन्तर्गत उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना

कर्णालीका मुख्यमन्त्री भन्छन्- प्रतिगामीहरू गणतन्त्र उल्ट्याउन खोज्दैछन, सचेत बनौँ

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि

आगजनीबाट ध्वस्त भैंसेपाटीको मन्त्री निवास पुगे मन्त्री (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान

माधव नेपालद्वारा प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अपर्ण

काठमाडौं– नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले जेन-जी प्रदर्शनका क्रममा