कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल « Khabarhub

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजेन्द्र लुइँटेलको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन सङ्घको नयाँ नेतृत्व चयन भएको छ । यहाँ सम्पन्न सङ्घको तेस्रो महाधिवेशन एवं चुनावीसभामा आगामी दुई वर्षका लागि लुइँटेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । 

सङ्घ देशभरका कार्यक्रम आयोजक एवं इभेन्ट व्यवस्थापकहरुको छाता सङ्गठन हो । कार्यसमितिको उपाध्यक्षद्वयमा तृष्णा गुरुङ र समिर लामा, महासचिवमा सोनीतराज ढुङ्गेल, सचिवमा विपिन पोखेरल, कोषाध्यक्षमा मनोज थापा, सहसचिवमा भागिरथकुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई चयन भएका छन् ।     

साथै कार्यसमिति सदस्यहरुमा सुभास श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहुल ब्ञ्जाडे, पूजा रेग्मी र लोमस कार्की निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता केशव पोखरेलले जानकारी दिए । उनीहरूलाई प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले हार्दिक बधाइ तथा शुभकामना दिए । 

मुलुकभरका १२० भन्दाबढी इभेन्ट आयोजक तथा कम्पनीको सहभागिता रहेको महाधिवेशनले वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्वगर्भनर डा. सुशिला मल्ललाई सल्लाहकारमा चयन गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष लवबहादुर कार्कीलाई संरक्षकका रुपमा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : ४८ बजे

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र