युवाको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गरौँ : उपराष्ट्रपति यादव « Khabarhub

युवाको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गरौँ : उपराष्ट्रपति यादव


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।  

सोमबार राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाहरूका विचारलाई व्यावसायिक योजनाहरूमा बदल्नका लागि सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको समेत बताए । यस्ता कार्य सरकारले मात्रै नभई निजी क्षेत्र, शैक्षिक क्षेत्र, वित्तीय निकाय र नागरिक समाज मिलेर गर्नुपर्नेमा उनले जोड दिए ।

उपराष्ट्रपति यादवले युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सिप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने धारणा राखे ।

उनले व्यावसायिक योजना बजारको पहुँच ब्रान्डिङ लगायतका विषयमा मार्गदर्शन गर्न जरुरी रहेको बताए । युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्ने तर्फ पनि सबैको ध्यान जानुपर्ने उनले बताए ।  

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानीको वातावरण बनाए पनि पुँजी प्रवाह हुन नसकेको बताए । उनले बस्तुका साथै सेवालाईसमेत निर्यात गर्न सक्ने अवस्था सिर्जना भएको भन्दै युवाहरूले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।  

त्यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राज्यको सीमित स्रोत साधनका कारण युवाहरूलाई स्वदेशमा रोजगार दिन नसकेकाले लाखौँ युवाहरू विदेश जान बाध्य भएको बताए । उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि सीपमूलक शिक्षाको आवश्यकता रहेको उल्लेख गरे  ।  

स्वदेशमा नै केही गर्न चाहने युवाहरूलाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ०३ बजे

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी