मन्त्रिपरिषद्को निर्णय : सहकारीको कर्जाबारे कारबाही र असुलीका लागि तीन सदस्यीय न्यायाधिकरण गठन « Khabarhub

मन्त्रिपरिषद्को निर्णय : सहकारीको कर्जाबारे कारबाही र असुलीका लागि तीन सदस्यीय न्यायाधिकरण गठन


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्न कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको छ ।  

सोमबार सिंहदरबारमा असार १३ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र बसन्तराज पुरी तथा गोविन्द शर्मा गैह्रे सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय भएको जानकारी दिए  ।

 बैठकले उक्त न्यायाधिकरणका लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूवसहसचिवहरु रोहित कुमार विसुवाल तथा थानेश्वर गौतमलाई नियुक्त गरेको छ । 

त्यस्तै बाँके डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति बापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको प्रवक्ता गुरुङले बताए । बैठकले प्रत्येक बर्ष असोज १५ गतेका दिनलाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गरेको छ भने राष्ट्रिय पर्यटन नीति २०८२ स्वीकृत गरेको छ । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ३० बजे

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी