तेलंगानाको केमिकल फ्याक्ट्रीमा विस्फोट : १० मजदुरको मृत्यु, २० भन्दा बढी घाइते « Khabarhub

तेलंगानाको केमिकल फ्याक्ट्रीमा विस्फोट : १० मजदुरको मृत्यु, २० भन्दा बढी घाइते


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको तेलंगाना राज्यस्थित संगारेड्डी जिल्लामा रहेको औषधि उत्पादन गर्ने कारखानाको रिएक्टर युनिटमा विस्फोट हुँदा १० मजदुरको मृत्यु भएको छ

यो घटनामा २० भन्दा बढी गम्भीर घाइते भएका छन्। हालसम्म पाँच जनाको शव विस्फोटस्थलबाट निकालिएको छ, १३ जनाको उद्धार गरिएको छ। विस्फोटमा घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ।

घटनास्थलमा दमकल विभागका ११ वटा गाडी परिचालन गरेर उद्धार कार्य जारी छ। प्रारम्भिक अनुमान अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । धेरै मानिसहरू अझै विस्फोट भएको भवनमा फसेको आशंका गरिएको छ।

यो घटना सोमबार बिहान ७ बजे पाशमिलारमस्थित सिगाची इन्डस्ट्रीज नामक कम्पनीको फ्याक्ट्रीमा भएको हो। प्रारम्भिक जानकारी अनुसार रिएक्टरमा अचानक रासायनिक प्रतिक्रिया अत्यधिक गतिमा भएपछि विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटको आवाज निकै ठूलो थियो । त्यसले मजदुरहरूलाई करिब १०० मिटर टाढा फालिदिएको थियो। विस्फोटले रिएक्टर युनिट पूरै ध्वस्त भएको छ।

यहाँ कम्पनीले सन् १९८९ देखि माइक्रोक्रिस्टलाइन सेल्युलोज (एमसीसी) उत्पादन गर्दै आएको छ । यो सेतो रङको, गन्धरहित, स्वादविहीन पाउडर हो, जसको प्रयोग औषधि तथा सौन्दर्य प्रशाधन उद्योगमा हुन्छ।

सिगाची उद्योगका भारतभर पाँचवटा कारखाना छन्, विस्फोट भएको कारखानामा सयभन्दा बढी कर्मचारी कार्यरत थिए । कम्पनीका उत्पादनहरू ६५ भन्दा बढी देशमा निर्यात गरिन्छन्।

यस दुर्घटनापछि बम्बे स्टक एक्सचेञ्जमा सिगाची इन्डस्ट्रिजको सेयर ९.८९ प्रतिशतले घटेको छ। उक्त समयसम्म यसको सेयर ४९.७२ भारूमा कारोबार भइरहेको थियो।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ५९ बजे

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई