तेलंगानाको केमिकल फ्याक्ट्रीमा विस्फोट : १० मजदुरको मृत्यु, २० भन्दा बढी घाइते | Khabarhub Khabarhub

तेलंगानाको केमिकल फ्याक्ट्रीमा विस्फोट : १० मजदुरको मृत्यु, २० भन्दा बढी घाइते


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको तेलंगाना राज्यस्थित संगारेड्डी जिल्लामा रहेको औषधि उत्पादन गर्ने कारखानाको रिएक्टर युनिटमा विस्फोट हुँदा १० मजदुरको मृत्यु भएको छ

यो घटनामा २० भन्दा बढी गम्भीर घाइते भएका छन्। हालसम्म पाँच जनाको शव विस्फोटस्थलबाट निकालिएको छ, १३ जनाको उद्धार गरिएको छ। विस्फोटमा घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ।

घटनास्थलमा दमकल विभागका ११ वटा गाडी परिचालन गरेर उद्धार कार्य जारी छ। प्रारम्भिक अनुमान अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । धेरै मानिसहरू अझै विस्फोट भएको भवनमा फसेको आशंका गरिएको छ।

यो घटना सोमबार बिहान ७ बजे पाशमिलारमस्थित सिगाची इन्डस्ट्रीज नामक कम्पनीको फ्याक्ट्रीमा भएको हो। प्रारम्भिक जानकारी अनुसार रिएक्टरमा अचानक रासायनिक प्रतिक्रिया अत्यधिक गतिमा भएपछि विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटको आवाज निकै ठूलो थियो । त्यसले मजदुरहरूलाई करिब १०० मिटर टाढा फालिदिएको थियो। विस्फोटले रिएक्टर युनिट पूरै ध्वस्त भएको छ।

यहाँ कम्पनीले सन् १९८९ देखि माइक्रोक्रिस्टलाइन सेल्युलोज (एमसीसी) उत्पादन गर्दै आएको छ । यो सेतो रङको, गन्धरहित, स्वादविहीन पाउडर हो, जसको प्रयोग औषधि तथा सौन्दर्य प्रशाधन उद्योगमा हुन्छ।

सिगाची उद्योगका भारतभर पाँचवटा कारखाना छन्, विस्फोट भएको कारखानामा सयभन्दा बढी कर्मचारी कार्यरत थिए । कम्पनीका उत्पादनहरू ६५ भन्दा बढी देशमा निर्यात गरिन्छन्।

यस दुर्घटनापछि बम्बे स्टक एक्सचेञ्जमा सिगाची इन्डस्ट्रिजको सेयर ९.८९ प्रतिशतले घटेको छ। उक्त समयसम्म यसको सेयर ४९.७२ भारूमा कारोबार भइरहेको थियो।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ५९ बजे

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेकी महिला पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पार्ने युवतीलाई प्रहरीले

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत