डाँडागाउँ खलंगा भेरी जलविद्युत आयोजना बनाउन २६ अर्ब २४ करोड बढी लाग्ने « Khabarhub

डाँडागाउँ खलंगा भेरी जलविद्युत आयोजना बनाउन २६ अर्ब २४ करोड बढी लाग्ने


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– ९७.४३ मेगावाटको डाँडागाउँ खलंगा भेरी जलविद्युत आयोजना बनाउनका लागि २६ अर्ब २४ करोड ५२ लाख ४८ हजार ७६ रुपैयाँ लाग्ने भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (एआइए)अनुसार लागत अनुमान गरिएको हो । 

विद्युत् विकास विभाग बनाउन लागेको आयोजना जाजरकोट जिल्लाको नलगाड र भेरी नगरपालिका साथै रूकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिका र सानी भेरी गाउँपालिकामा रहेको छ ।

वातावरणीय न्यूनीकरण, अनुगमन, वातावरणीय परीक्षण तथा व्यवस्थापन लागतमा यस आयोजनाले सरकारी र निजी जग्गा प्राप्तिको लागि १७ करोड २२ लाख ४२ हजार चार सय रुपैयाँ, ९८ लाख १४ हजार चार सय ८९ रुपैयाँ र पुर्नबास तथा पुनर्स्थापना लागि नौ करोड ६१ लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान गरेको छ । 

वातावरणीय अभिवृद्धिको लागि एक लाख ५० हजार रुपैयाँ, वातावरणीय प्रभाव न्यूनीकरणका लागि ७० लाख १३ हजार, वातावरणीय अनुगमनका लागि ६८ लाख ९० हजार हुने अनुमान गरिएको छ । यो सबै गरेर आयोजनाको कुल लागत २६ अर्ब २४ करोड ५२ लाख ४८ हजार ७६ रुपैयाँ अनुमान गरिएको छ । 

कुन क्षेत्र प्रभावित हुँदैछन् 

आयोजनाले जाजरकोट जिल्लाको नलगाड र भेरी नगरपालिका साथै रूकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिका र सानी भेरी गाउँपालिकामा रहेको छ । आयोजनाको बाँध तथा जलाशय नलगाड नगरपालिका–१ र आठबिसकोट नगरपालिका– ११ मा, अडिट–१ नलगाड नगरपालिका–१ मा तथा अडिट–२, कामदार शिविर र विद्युतगृह भेरी नगरपापालिका–१ मा पर्नेछन् । 

आयोजनाको प्रभावित क्षेत्रमा नलगाड नगरपालिका–१, आठविसकोट नगरपालिका वडा नं. १३, १४, सानी भेरी गाउँपापालिका वडा नं. १, २. ४ र भेरी नगरपालिकाको वडा नंं. १ मा पर्दछन् । 

आयोजना निर्माणका लागि ६२.२२ हेक्टर आवश्यकता रहेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख रहेको छ । जसमा प्रस्तावित आयोजना कार्यान्वयनका लागि स्थायी र अस्थायी रूपमा जम्मा ७९.९९ हेक्टर जमिन उपयोग गर्ने प्रतिवेदनमा उल्लेख छ । 

आयोजना प्रभावित क्षेत्रमा २९ वटा घर, २६ वटा गोठ, ८५ घरको जग्गा, २९ वटा शौचालय, र ११ वटा पानीघट्टहरू रहेको छन् । 

पाँच सय ८१ जनाले रोजगारी पाउने

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार प्रस्तावित आयोजनाले निर्माण चरणमा पाँच सय ५४ जना र सञ्चालन चरणमा २७ जना गरी जम्मा पाँच सय ८१ जना जनाले पाउने छन् । 

स्थानीयलाई सिप र दक्षताको आधारमा प्राथमिकता दिइने, यसका साथै कामदारको उपस्थितिले खाद्यान्न लगायतको आपूर्ति सम्बन्धी व्यापारको अवसर प्रदान गर्ने र प्रभावित स्थानीय स्तरमा पूर्वाधार तथा सामाजिक सेवाको विकासमा मद्दत पुर्‍याउने छ जसले स्थानीयको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य राखिएको छ । आयोजनाले सञ्चालनका क्रममा स्थानीय जनतालाई स्थायी रोजगारको अवसर सिर्जना गर्ने छ ।

कुल १२ सय ४४ रुख कटान हुने 

आयोजना र यसका सहायक संरचनाहरू निर्माणका लागि कुल ६२.२२ हेक्टर वन क्षेत्रमध्ये ३७.६६ हेक्टर स्थायी रूपमा र २४.५६ हेक्टर अस्थायी प्रयोजनका लागि उपयोग हुने प्रतिवेदनमा उल्लेख छ ।

आयोजना निर्माण गर्दा वनबाट १२ सय ४४ वटा रुखहरू कटान हुनेछन् । त्यसका वापत १२ हजार चार सय ४० रुख वृक्षारोपण गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  २ : ०९ बजे

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै : यस्तो छ निर्वाचन तालिका

काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन