फुटपाथबाट मोटरसाइकल हुइँक्याएको देख्दैन ट्राफिक प्रहरी (तस्बिरहरू) « Khabarhub

फुटपाथबाट मोटरसाइकल हुइँक्याएको देख्दैन ट्राफिक प्रहरी (तस्बिरहरू)



काठमाडौं- ठूला सहरी क्षेत्रमा बनेका फुटपाथ पैदल यात्रीलाई हिँड्न सहजताका लागि बनाइएको हुन्छ ।

व्यस्त सहरमा सडकको दायाँबायाँ बनाइएका फुटपाथले पैदलयात्रीलाई सुरक्षित यात्रा गर्न सघाउँछन् ।

मानिस हिँड्न सहजताका लागि फुटपाथमा ब्लकहरू ओछ्याइएको हुन्छ । पछिल्लो समय काठमाडौं र ललितपुरसहितका सहरी क्षेत्रमा दृष्टिविहीन र ह्वील चियरमा हिँड्नेलाई पनि सहजताका लागि ट्र्याक बनाइएको छ ।

सडकमा जस्तो फुटपाथमा बलियोसँग पिच गरिएको हुँदैन । मानिस हिँड्दा नभाँच्चिने किसिमका ब्लक राखेर फुटपाथलाई सहज बनाइएको हुन्छ ।

तर त्यही फुटपाथमा सवारी चालकहरू मिलेसम्म मोटरसाइकल हुइँक्याउँछन् । खासगरि मोटरसाइकल र स्कुटी चालकहरूको सडक असभ्यता यतिसम्म छ कि फुटपाथमा पैदलयात्रीलाई पछाडि र अगाडिबाट हर्न मार्दै साधन हुँइक्याउँछन् ।

केही मिनेट जाम हुँदा पनि धैर्य गर्न नसक्ने उनीहरूलाई ट्राफिक प्रहरीले कुनै किसिमको कारबाही गरेको देखिँदैन । लेन मिचेको, मापसे, लापसे गरेको र तीव्र गतिमा सवारी चलाउनेलई कारबाही गर्ने ट्राफिक प्रहरीले फुटपाथमा भएको मनपरि रोक्न भने कुनै पहल गरेको छैन।

त्यहीकारण काठमाडौं उपत्यकाका सवारी चालकहरू जाम छल्ने र छिटो गन्तव्यमा पुग्ने बहानामा फुटपाथमा जथाभावी मोटरसाइकल र स्कुटी हुँइक्याउँछन त्यो पनि जथाभावी हर्न बजाउँदै बेतोडले ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ४१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली