फुटपाथबाट मोटरसाइकल हुइँक्याएको देख्दैन ट्राफिक प्रहरी (तस्बिरहरू) « Khabarhub

फुटपाथबाट मोटरसाइकल हुइँक्याएको देख्दैन ट्राफिक प्रहरी (तस्बिरहरू)



काठमाडौं- ठूला सहरी क्षेत्रमा बनेका फुटपाथ पैदल यात्रीलाई हिँड्न सहजताका लागि बनाइएको हुन्छ ।

व्यस्त सहरमा सडकको दायाँबायाँ बनाइएका फुटपाथले पैदलयात्रीलाई सुरक्षित यात्रा गर्न सघाउँछन् ।

मानिस हिँड्न सहजताका लागि फुटपाथमा ब्लकहरू ओछ्याइएको हुन्छ । पछिल्लो समय काठमाडौं र ललितपुरसहितका सहरी क्षेत्रमा दृष्टिविहीन र ह्वील चियरमा हिँड्नेलाई पनि सहजताका लागि ट्र्याक बनाइएको छ ।

सडकमा जस्तो फुटपाथमा बलियोसँग पिच गरिएको हुँदैन । मानिस हिँड्दा नभाँच्चिने किसिमका ब्लक राखेर फुटपाथलाई सहज बनाइएको हुन्छ ।

तर त्यही फुटपाथमा सवारी चालकहरू मिलेसम्म मोटरसाइकल हुइँक्याउँछन् । खासगरि मोटरसाइकल र स्कुटी चालकहरूको सडक असभ्यता यतिसम्म छ कि फुटपाथमा पैदलयात्रीलाई पछाडि र अगाडिबाट हर्न मार्दै साधन हुँइक्याउँछन् ।

केही मिनेट जाम हुँदा पनि धैर्य गर्न नसक्ने उनीहरूलाई ट्राफिक प्रहरीले कुनै किसिमको कारबाही गरेको देखिँदैन । लेन मिचेको, मापसे, लापसे गरेको र तीव्र गतिमा सवारी चलाउनेलई कारबाही गर्ने ट्राफिक प्रहरीले फुटपाथमा भएको मनपरि रोक्न भने कुनै पहल गरेको छैन।

त्यहीकारण काठमाडौं उपत्यकाका सवारी चालकहरू जाम छल्ने र छिटो गन्तव्यमा पुग्ने बहानामा फुटपाथमा जथाभावी मोटरसाइकल र स्कुटी हुँइक्याउँछन त्यो पनि जथाभावी हर्न बजाउँदै बेतोडले ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ४१ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै