आज २०८२ साल साउन १४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन १४ गते बुधबारको राशिफल


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १४ गते बुधबार। साउन शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो रहेको छ। आफन्तबाट राम्रो साथ सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती भएपनि व्यापारमा भने फाइदा हुनेछ । राजनीतिमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा गरेको कामबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। शिक्षामा आज गरेको योजना दीर्घकालीन हुनेछ। सम्पत्तिको मामिलामा भने समस्या हुनसक्ने जोखिम छ। कारोबार गर्नुपरे हातबाट वा मागेर गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले केही राम्रा काम बन्नेछन्। सम्मान पाउने अवसर आइपर्न सक्छ। निर्णय क्षमता विकास गर्दा फाइदा होला। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कट : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारमा लगानी गरेको भए फाइदा हुनेछ। कृषिको व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मनमा भने चिन्ता बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा संकट टर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। कृषि, पशुधनबाट उल्लेखनीय लाभ मिल्नेछ। तपाईंको प्रशंसा गर्नेहरु बढ्नेछन्। राजनीतिमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सामान्य छ। अरुको काममा धेरै समय खर्चनुपर्ने हुनसक्छ। स्वास्थ्यमा समस्या देखिने जोखिम छ। गुम्न लागेको अवसर प्राप्त हुनेछ। मित्र बढ्नेछन्। पारिवारसँगको सम्बन्ध सुमधु्र बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शत्रु बढ्नेछन्। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। संकटमा साथीको साथ मिल्ने योग छ।

धनु : दिन खराब छ। शत्रु बढ्नेछन्। हरेक काममा बाधा अड्चन आउनेछन्। शिक्षा र स्वास्थ्यमा समस्या होला। अभिभावकको सल्लाह लिएर अघि बढेको काममा फाइदा हुनेछ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भएपनि राजनीतिमा उल्लेखनीय प्रगति हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

कुम्भ : दिन राम्रो छ। आज परिवारको साथमा सुखद् यात्रा तय हुनेछ। मन प्रशन्न हुनेछ। पुराना साथीसँगको भेटघाटले नयाँ योजना बन्नेछन्। प्रेम बढ्नेछ।

मीन : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सुधारका संकेत देखिनेछन्। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। अवरोध आइपर्दा त्यसलाई धैर्यतापूर्वक सामना गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ०० बजे

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि