गोसाइकुण्डमा डुबेका दाजुभाइको शव काँधमै बोकेर धुन्चे ल्याउँदै सुरक्षाकर्मी « Khabarhub

गोसाइकुण्डमा डुबेका दाजुभाइको शव काँधमै बोकेर धुन्चे ल्याउँदै सुरक्षाकर्मी


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको गोसाइकुण्डमा नुहाउने क्रममा यही आइतबार डुबेर ज्यान गुमाएका दुईजना दाजुभाइको शव सुरक्षाकर्मीको टोलीले काँधमा बोकेरै सदरमुकाम धुन्चे ल्याउँदै छन् ।

मोरङको बेलबारी र विराटनगरका दाजुभाइ सुजन ढकाल र मनोज न्यौपानेको शव सेनासहितका सुरक्षाकर्मीले स्ट्रेक्चरमा बोकेरै चन्दनबारी गुम्बासम्म ल्याइसकेका छन्। उनीहरू मामा र फुपूका छोरा हुन् ।

आइतबार गोसाइकुण्डमा चिप्लिएर एकजना डुबेपछि बचाउन पसेका अर्काको पनि ज्यान गएको थियो । विराटनगर महानगरपालिका-३ का २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका-११ का २८ वर्षीय मनोज न्यौपानेले गोसाइकुण्डमा डुबेर ज्यान गुमाएका थिए ।

उनीहरू डुबेको खबर आएपछि धुन्चेबाट गएको सेना र प्रहरीको टोलीले सोमबार बिहान १० बजे शव निकालेको थियो । उनीहरूको शव धुन्चेसम्म ल्याउन सेनाले ठूलो मिहिनेत गर्नु परेको हो ।

गोसाइकुण्ड गाउँपालिका–५ बाट धुन्चे ल्याउन सेनाले स्ट्रेक्चरको सहयोग लिएको हो। प्रतिकूल मौसमले हेलिकप्टर लैजान सम्भव नभएकाले दुवै शव स्थलमार्गबाट बोकेरै ल्याइएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले दुवैजनाको शव स्ट्रेचरमार्फत् पालैपालो बोकेर चन्दनबारी गुम्बामा ल्याएको थियो । अब उनीहरूको शवलाई बुधबार बिहान धुन्चे झार्न थप टोली त्यसतर्फ गएको छ।

शनिबार ढकाल र न्यौपानेसहित १३ जना युवा साउने तीर्थका लागि काठमाडौंबाट रसुवा आएका थिए । ११ साउन आइतबार बिहान उनीहरू रसुवाबाट गोसाइकुण्ड पुगेका थिए । कुण्डमा नुवाउने क्रममा डुबेपछि बाँकी साथीहरूले घटनाबारे आफन्त र साथीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १ : ४६ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,