गोसाइकुण्डमा डुबेका दाजुभाइको शव काँधमै बोकेर धुन्चे ल्याउँदै सुरक्षाकर्मी « Khabarhub

गोसाइकुण्डमा डुबेका दाजुभाइको शव काँधमै बोकेर धुन्चे ल्याउँदै सुरक्षाकर्मी


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको गोसाइकुण्डमा नुहाउने क्रममा यही आइतबार डुबेर ज्यान गुमाएका दुईजना दाजुभाइको शव सुरक्षाकर्मीको टोलीले काँधमा बोकेरै सदरमुकाम धुन्चे ल्याउँदै छन् ।

मोरङको बेलबारी र विराटनगरका दाजुभाइ सुजन ढकाल र मनोज न्यौपानेको शव सेनासहितका सुरक्षाकर्मीले स्ट्रेक्चरमा बोकेरै चन्दनबारी गुम्बासम्म ल्याइसकेका छन्। उनीहरू मामा र फुपूका छोरा हुन् ।

आइतबार गोसाइकुण्डमा चिप्लिएर एकजना डुबेपछि बचाउन पसेका अर्काको पनि ज्यान गएको थियो । विराटनगर महानगरपालिका-३ का २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका-११ का २८ वर्षीय मनोज न्यौपानेले गोसाइकुण्डमा डुबेर ज्यान गुमाएका थिए ।

उनीहरू डुबेको खबर आएपछि धुन्चेबाट गएको सेना र प्रहरीको टोलीले सोमबार बिहान १० बजे शव निकालेको थियो । उनीहरूको शव धुन्चेसम्म ल्याउन सेनाले ठूलो मिहिनेत गर्नु परेको हो ।

गोसाइकुण्ड गाउँपालिका–५ बाट धुन्चे ल्याउन सेनाले स्ट्रेक्चरको सहयोग लिएको हो। प्रतिकूल मौसमले हेलिकप्टर लैजान सम्भव नभएकाले दुवै शव स्थलमार्गबाट बोकेरै ल्याइएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले दुवैजनाको शव स्ट्रेचरमार्फत् पालैपालो बोकेर चन्दनबारी गुम्बामा ल्याएको थियो । अब उनीहरूको शवलाई बुधबार बिहान धुन्चे झार्न थप टोली त्यसतर्फ गएको छ।

शनिबार ढकाल र न्यौपानेसहित १३ जना युवा साउने तीर्थका लागि काठमाडौंबाट रसुवा आएका थिए । ११ साउन आइतबार बिहान उनीहरू रसुवाबाट गोसाइकुण्ड पुगेका थिए । कुण्डमा नुवाउने क्रममा डुबेपछि बाँकी साथीहरूले घटनाबारे आफन्त र साथीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १ : ४६ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली