आमिर खानको ‘सितारे जमिन पर’ अब युट्युबमा  « Khabarhub

आमिर खानको ‘सितारे जमिन पर’ अब युट्युबमा 


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘सीतारे जमिन पर’ हलमा रिलिज भएको छ । बक्स अफिसमा राम्रो व्यापार गरेको यो फिल्म अब दर्शकहरूले आफ्नै घरमा डिजिटल माध्यम (युट्युब)बाट हेर्न पाउनेछन्। आमिर खानले आफ्नो युट्युब च्यानल ‘आमिर खान टकीज’ मार्फत यो चलचित्र (अगस्ट १) १६ गते शुक्रबार सार्वजनिक हुने जानकारी दिएका छन्।

भारतीय मिडियाका अनुसार हिजो मुम्बईमा आयोजित विशेष भेटघाट कार्यक्रममा आमिरले यस्तो घोषणा गरेका हुन्। उनले जानकारी दिएअनुसार आमिर खान प्रोडक्सनअन्तर्गत निर्मित सबै फिल्महरू अब सोही युट्युब च्यानलमा हेर्न सकिनेछ।

 यसमा  दंगल, लगान, जाने तू या जाने ना, सितारे जमिन पर लगायतका चर्चित फिल्महरूमा पनि समावेश छन्। फिल्महरू मात्र होइन, आमिर खानले होस्ट गरेको चर्चित टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ का सबै एपिसोडहरू पनि यही च्यानलमा समावेश गरिनेछ।

आमिर खानले बताएअनुसार सितारे जमिन पार  फिल्म ४८ घण्टासम्म मात्र डिजिटल रूपमा उपलब्ध हुनेछ, र दर्शकले यसलाई हेर्न भार १०० (१६० नेपाली रुपैयाँ) तिर्नुपर्नेछ। यो सुविधा पे–पर–वाच मोडेल अन्तर्गत ल्याइएको हो, जसले दर्शकलाई विज्ञापनरहित र सफा फिल्म अनुभव दिन मद्दत गर्नेछ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  २ : २५ बजे

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । 

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी