एएफसी यू-२० एसियन कप छनोट खेल्ने टोलीको बिदाइ (तस्बिरहरू) « Khabarhub

एएफसी यू-२० एसियन कप छनोट खेल्ने टोलीको बिदाइ (तस्बिरहरू)


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार काठमाडौंमा नेपाली यू–२० महिला फुटबल टोलीलाई बिदाइ गरेको हो । 

कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचिव किरण राई लगायतले एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला टोलीलाई बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले यसअघि भएका कमीकमजोरीलाई सुधार गर्दै एसियन कप छनोटमा राम्रो नजिता निकाल्ने बताए ।

त्यस्तै कप्तान विर्सना चौधरीले एसियन कप छनोटका लागि तयारी राम्रो भएकाले नेपालको पक्षमा नजिता आउने उल्लेख गरिन् ।

टोलीले आगामी भदौ २३ देखि २८ सम्म भुटानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । 

छनौट चरणको खेलमा नेपाल समूह बी मा रहेको छ । समूह बीमा समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि रहेका छन् ।

तस्बिरहरू:

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : ०२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का