ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु « Khabarhub

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ग्वाटेमाला सहरस्थित एक शवदाह गृहमा मङ्गलबार भएको सशस्त्र आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उनीहरूले आक्रमणकारी मलामी गएका स्थानीयसँग उक्त स्थानमा आपराधिक गतिविधि गर्दै आएको एक गिरोह मारासाल्भा ट्रुचा (एमएस)–१३ सँग जोडिएको बताएका छन् ।

व्यारियो–१८ र मारा साल्वाट्रुचा (एमएस–१३) गिरोहहरू बिचको विवाद हिंसात्मक बनेपछि यो घटना भएको हुनसक्ने ग्वाटेमालाका आन्तरिक मन्त्री फ्रान्सिस्को जिमेनेजले बताएका छन् । 

जिमेनेजका अनुसार राजधानीको अर्को भागमा सोमबार एक व्यक्तिको हत्या भएपछि सशस्त्र व्यक्तिहरूले शव दाहगृहमा आक्रमण गरेका थिए ।

मारा साल्वाट्रुचाका प्रतिद्वन्द्वी गिरोहका सदस्यहरूले शवदाहगृहमा आक्रमण गरे र मृतकको परिवार र साथीहरू माथी गोली हानेको जानकारी प्राप्त भएको उनले बताएका छन्  ।  

ग्वाटेमाला सहर नगरपालिकाको प्रवक्ता अमिलकार मोन्टेजोले बन्दुकधारीहरूले अन्त्येष्‍टि गृहभित्र गोली चलाउँदा ‘सात जनाको मृत्यु र १३ जना घाइते’ भएको पुष्टि गरे ।

गोली प्रहार भएको स्थानबाट केही मिटरको दूरीमा थप घाइतेहरू फेला परेकोसमेत उनले बताए । मोटरसाइकलमा आएका आक्रमणकारीहरू घटनापछि घटनास्थलबाट भागेका थिए । 
 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ३१ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)