मधेशका पूर्वप्रमुख झालाई बलात्कार मुद्दामा थुनामा पठाउने आदेश | Khabarhub Khabarhub

मधेशका पूर्वप्रमुख झालाई बलात्कार मुद्दामा थुनामा पठाउने आदेश


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको छ।

झाविरूद्ध मंगलबार दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

घरमा एक्लै भएको समयमा बोलाएर सहयोगीका रुपमा रहेकी एक युवतीलाई जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो ।

२०८१ फागुन ३ गते परेको जबरजस्ती करणीसम्बन्धी जाहेरीका आधारमा उनलाई यही साउन ४ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।

उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ देखि १० वर्षसम्मको सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले दफा २१९ कै उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाबी गरेको थियो ।

२०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख बनेका झाविरुद्ध परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) ले जबरजस्ती करणी आरोपमा जाहेरी दिएकी थिइन्।

झाले आफूलाई राष्ट्रवादी र मधेशवादी अभियन्ताका रुपमा चिनाउँदै आएका थिए । उनीविरुद्ध घटनाका समयमा नाबालिक रहेकी पीडितले जबरजस्ती करणी आरोपमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरएको थियो। तर उनी भागेर भारत गएको खुलेको थियो ।

त्यसबेला परेको जाहेरीमा डा. झाले घरमै सहयोगीका रुपमा राखिएकी एक नाबालिगलाई १७ वर्षको उमेरबाटै शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको थियो ।

१७ वर्ष भनेको कानुनअनुसार नाबालिकमा पर्छ । यदि सहमतिमै शारीरिक सम्बन्ध भएको पुष्टि भए पनि कानुनले बलात्कार ठहर गर्छ ।

प्रहरीका अनुसार ती पीडित सबैभन्दा पहिले राष्ट्रिय महिला आयोगमा गुहार माग्न पुगेकी थिइन् । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो ।

अधिकारकर्मीको सहयोगमा पीडित भनिएकी युवतीले २०८१ माघ १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । त्यसपछि यस प्रकरणमा महिला तथा बालबालिका सेवा केन्द्रले अनुसन्धान थालेको हो । त्यो जाहेरी २०८१ फागुन ३ गते प्रहरी परिसरमा दर्ता भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ४९ बजे

आकाशे पानी पुनर्भरणका लागि आवश्यक संरचना बनाउन जोड

पर्सा– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण

थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिक फिर्ता गर्न कम्बोडियाको आग्रह

एजेन्सी– कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको

राप्ती नदीमा १३३ गोही छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३

कांग्रेसको कलहले बिरामी परे बागमती प्रदेश प्रमुख, तीन मन्त्रीको शपथ रोकियो

काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसभित्रको घर झगडाले बागमतीका प्रदेश प्रमुखलाई

परराष्ट्रमन्त्रीले भनिन्- बोली, आचरण र व्यवहार पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने हुनुपर्छ

गण्डकी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले