व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न « Khabarhub

व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यहाँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०८१-८२ मा ठेक्कामार्फत सञ्चालित ३३ योजनामध्ये १५ योजना सम्पन्न गरेको छ । व्यास नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका अनुसार कूल एक हजार ५७ योजनामध्ये ९९५ योजना सम्पन्न भएका हुन् । 

उपभोक्ता समितिबाट सञ्चालन भएका एक हजार २४ मध्ये ९८० र ठेक्काबाट सञ्चालन भएका ३३ योजनामध्ये १५ योजना सम्पन्न भई १८ वटाको सम्झौताको चरणमा छन् । उपभोक्ता समितिबाट सञ्चालित योजनामध्ये ४० वटाको सम्झौता भएको र चार वटा सम्झौता हुन नसकेको योजना शाखा प्रमुख भेषराज तिवारीले जानकारी दिए । 

उनले भने ‘विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सहरी तथा शासकीय पूर्वाधार आयोजना अन्तर्गत व्यास नगरपालिकाको– ७, ९, १० र ११ मा पर्ने पराशर मार्गमा १०.६ किमी कालोपत्रका लागि ठेक्का भइ काम सुरु भइरहेको छ ।’ 

उक्त योजनाका लागि ४० करोड ८३ लाख ३५ हजार ९२१ बजेट रहेको यस आयोजनाको हालसम्म भौतिक प्रगति १७.४५ प्रतिशत छ । बुल्दी खोला मोटरेबल (करङकाठ बसपार्क) पुल छ करोड ५० लाखमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।

 उनले भने, ‘व्यास नगरपालिका–५ मानहुँकोट सिद्धबाबा मन्दिर रु बीस लाख दुई हजार ९५६ मा ठेक्का सम्झौता भइ निर्माण सम्पन्न भएको छ ।’

सोही वडास्थित उदय मावि र बाखे्र जोड्ने सोङगेखोला झोलुङ्गे पुल पहिलो चरणमा ३० लाख ४५ हजार १२२ मा निर्माण गरिएको छ । व्यास–७ सहीद गेट निर्माण १२ लाख ९१ हजार ९६१ मा निर्माण सम्पन्न भएको छ । व्यास–१० व्यास नगर कोभिड अस्पताल ९६ लाख ३८ हजार ८७६ मा सम्पन्न भएको छ । व्यास–११ शीतभण्डार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ४७ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,