तिब्बतबाट मेसिन ल्याएर गहुँ भित्र्याउँदै हिमाली भेगका किसान « Khabarhub

तिब्बतबाट मेसिन ल्याएर गहुँ भित्र्याउँदै हिमाली भेगका किसान


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गोरखा – हिमाली भेगका किसान कृषिमा यान्त्रिकरण भित्र्याउन थालेका छन् । बाली काट्ने तथा कुट्ने उपकरण तिब्बतबाट ल्याएर प्रयोग गर्नेक्रम बढेको हो ।

तिब्बती सीमा क्षेत्रमा अवस्थित चुमनुब्री–७ छेकम्पारमा अहिले गहुँ टिप्ने सिजन सुरू भएको छ । गहुँ टिप्न तथा भित्र्याउन पनि सबैले उपकरणको प्रयोग गर्ने गरेको स्थानीय चुम गुम्बाका प्रमुख लामा पासाङ फुञ्जो लामाले जानकारी दिए।

मेसिनको प्रयोग गरेर खेती गर्न धेरै सजिलो भएको उनको भनाइ छ । “अहिले गहुँ टिप्ने सिजन सुरू भएको छ । सबैले तिब्बतबाट मेसिन ल्याएका छन् । घरघरमा गहुँ काट्ने र कुट्ने मेसिन छ । केही दिन सुकाएपछि गहुँ कुट्न पनि मेसिनकै प्रयोग गरिन्छ”, लामाले भने, “१० जना मान्छेले गर्नेजति काम एउटा मेसिनले गर्नसक्दो रहेछ । धेरै सजिलो भएको छ ।” १० वर्षअघि सबैभन्दा पहिले आफूले गहुँ काट्ने मेसिन ल्याएको उनले बताए ।

हिमाली भेगमा गहुँ टिप्ने सिजन सुरू भएपछि किसानमा उत्साह छाएको अर्का स्थानीय धावा छिरिङ लामाले बताए । उनका अनुसार गाउँलेले पुज्दै आएका गुम्बाको गहुँ भित्र्याएर सिजनको सुरूआत गरिएको हो ।

आज पहिलो दिन लामागाउँस्थित चुमगुम्बाको जग्गाको गहुँ भित्र्याइएको हो । “दुई दिनअघि गाउँलेहरूको सभा बस्यो । त्यहाँ लाप्राङ लामाले दिन जुराउनुभयो”, उनले भने, “त्यहीअनुसार सबै गाउँलेहरू मिलेर चुमगुम्बाको गहुँ भित्र्याइयो । अब बिहीबारदेखि किसानको गहुँ काटिन्छ ।” गाउँलेहरू मिलेर आलोपालो गरी सबैको गहुँ भित्र्याउने प्रचलन रहेको उनले बताए ।

“ङाक्यु, लेरुदेखि गहुँ काट्न सुरू हुन्छ । एक दुई दिन ङाक्यु र लेरुको काटेर सकिन्छ । अर्को एक दुईदिनमा लामागाउँको काटिन्छ”, चुम गुम्बाका प्रमुख लामा पासाङ फुञ्जो लामाले भने, “त्यसपछि बुर्जी, लार, पाङ्दुन, छुले, निलेको काटिन्छ ।” करिब १५ दिनमा सबै गाउँलेले मुख्य बाली गहुँ भित्र्याइसक्ने उनले बताए ।

चुमनुब्री गाउँपालिका–७ छेकम्पार तिब्बतको सीमा क्षेत्रमा अवस्थित गाउँ हो । ३३०० देखि ३५०० मिटर उचाइमा अवस्थित यहाँ गहुँ पाक्न ११ महिना लाग्ने गर्दछ । “गत असोजमा रोपेको गहुँ यतिबेला भित्र्याउन पाइन्छ”, उनले भने, “अब खाली बसेको जग्गामा फेरि असोजतिर गहुँ लगाइन्छ । यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ ।”

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ८ : ५९ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै