चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव « Khabarhub

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसङ्कट देखिएको बताएका छन् ।

राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सरकारको गलत नीतिका कारण मधेस जलसङ्कटको समस्या भोगिरहेको आरोप लगाए । “चुरे विनाशका कारण मधेसका अन्नदाता किसान अहिले आफैँ त्राहिमाम अवस्थामा छन्”, उनले भने, “चुरे विनाशले गर्दा उत्पन्न जलसङ्कट नै त्यसको प्रमुख कारण हो ।”

अन्तरराष्ट्रिय संस्थाहरूले धेरै वर्ष पहिले नै चुरे संरक्षण नगरे पानीको सङ्कट आउने भनी सचेत गराएको सुनाउँदै नेता यादवले त्यसविपरीत सरकारले गलत नीति अख्तियार गरी चुरेको दोहन जारी राख्दा अहिलेको तराई–मधेसमा समयमा वर्षा नहुँदा खेतीको समयमा पानीको अभावमा जमिन सुक्खा भएर सङ्कट उत्पन भएको आरोपसमेत लगाए ।

चुरे क्षेत्रको विनाश र त्यसकै नजिकबाट राजमार्ग निर्माण गरी बसोबासका नाममा चुरे क्षेत्रको अतिक्रमण गरेका कारणले भूमिगत जलस्रोतको मुख्य आधारका रूपमा रहेको चुरेको विनाश हुँदै गएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ११ : ०३ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र