चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव « Khabarhub

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसङ्कट देखिएको बताएका छन् ।

राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सरकारको गलत नीतिका कारण मधेस जलसङ्कटको समस्या भोगिरहेको आरोप लगाए । “चुरे विनाशका कारण मधेसका अन्नदाता किसान अहिले आफैँ त्राहिमाम अवस्थामा छन्”, उनले भने, “चुरे विनाशले गर्दा उत्पन्न जलसङ्कट नै त्यसको प्रमुख कारण हो ।”

अन्तरराष्ट्रिय संस्थाहरूले धेरै वर्ष पहिले नै चुरे संरक्षण नगरे पानीको सङ्कट आउने भनी सचेत गराएको सुनाउँदै नेता यादवले त्यसविपरीत सरकारले गलत नीति अख्तियार गरी चुरेको दोहन जारी राख्दा अहिलेको तराई–मधेसमा समयमा वर्षा नहुँदा खेतीको समयमा पानीको अभावमा जमिन सुक्खा भएर सङ्कट उत्पन भएको आरोपसमेत लगाए ।

चुरे क्षेत्रको विनाश र त्यसकै नजिकबाट राजमार्ग निर्माण गरी बसोबासका नाममा चुरे क्षेत्रको अतिक्रमण गरेका कारणले भूमिगत जलस्रोतको मुख्य आधारका रूपमा रहेको चुरेको विनाश हुँदै गएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ११ : ०३ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो