इजरायली सेनाद्वारा गाजा शहरमा प्रारम्भिक सैन्य कारबाही सुरु « Khabarhub

इजरायली सेनाद्वारा गाजा शहरमा प्रारम्भिक सैन्य कारबाही सुरु


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली सेनाले गाजा शहरमा प्रारम्भिक चरणको सैन्य कारबाही सुरु गरेको जनाएको छ । सेनाका प्रवक्ता अवीखाय अद्राईले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजा शहर छेउछाउमा तीव्र रूपमा कारबाही भइरहेको बताए ।

उनका अनुसार, इजरायलले आफ्ना बन्धकहरूको सुरक्षाका लागि र हमास समूहको संरचना पूर्ण रूपमा हटाउने उद्देश्यले कारबाहीलाई अझ सशक्त बनाउने तयारी गरेको छ । त्यसै दिन इजरायली रक्षा बलले एक विज्ञप्ति जारी गर्दै गाजा शहरमा लागू हुँदै आएको दैनिक १० घण्टे मानवीय विराम स्थगन गरिएको जानकारी गराएको छ ।

अबदेखि उक्त सहरलाई ‘उच्च जोखिमयुक्त युद्ध क्षेत्र’ को रूपमा घोषणा गरिएको छ । यो मानवीय विराम जुलाई २७ गतेदेखि बिहान १० बजेदेखि साँझ ८ बजेसम्म लागू हुँदै आएको थियो, जसको समन्वय संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूले गरेका थिए ।

यस अवधिमा गाजा शहर, अल मावासी र देइर अल बलाह क्षेत्रमा राहत सामग्री तथा अन्य सहयोग पुर्‍याउने कार्य सहज रूपमा सञ्चालन हुँदै आएको थियो । हाल इजरायली सेनाले गाजासिटीलाई घेरेर केही सातादेखि हवाई आक्रमण र तोपखाना प्रहार जारी राखेको छ । अन्तर्राष्ट्रिय समुदायबाट चासो व्यक्त भइरहे पनि इजरायली सेनाले सहरमा नियन्त्रण स्थापनाका लागि तयारी अघि बढाइरहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  २ : २६ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित