लोकतान्त्रिक मुलुकलाई चिनियाँ परेडमा सहभागी नहुन ताइवानको आह्वान « Khabarhub

लोकतान्त्रिक मुलुकलाई चिनियाँ परेडमा सहभागी नहुन ताइवानको आह्वान


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानले विश्वका लोकतान्त्रिक मुलुकहरुलाई चीनले आयोजना गर्न लागेको सैन्य परेडमा सहभागी नहुन आह्वान गरेको छ । ताइवानको मुख्यभूमि मामिला परिषदकी उपमन्त्री शेन यउ चुङले सैन्य परेडबाट चीनले लोकतान्त्रिक एकतालाई खलल पु¥याउनसक्ने आशंका व्यक्त गर्दै यस्तो आह्वान गरेका हुन् ।

चीनले आगामी सेप्टेम्बर ३ का दिन दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० औँ वार्षिकोत्सवका अवसरमा राजधानी बेइजिङमा विशाल सैन्य परेड आयोजना गर्दैछ । ताइपेई टाइम्सका अनुसार यस परेडमा दशौँ हजार सैनिक सहभागी हुने र अत्याधुनिक सैन्य उपकरण प्रदर्शन गरिने अपेक्षा गरिएको छ ।

यस परेडमा विभिन्न २६ देशका सरकार प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ, म्यान्मारको सैन्य सरकारका प्रमुख मिन आउङ ह्लियाङ, कम्बोडियाका राजा नरोदोम सिंहमनी, इण्डोनेशियाका राष्ट्रपति प्रोबोवो सुबियन्तोलगायतका नेताहरु उपस्थित हुने चीनले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ८ : ३८ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा