ओली र सी जिनपिङबीचको भेटवार्तामा के भयो छलफल ? « Khabarhub

ओली र सी जिनपिङबीचको भेटवार्तामा के भयो छलफल ?


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता भएको छ ।

शनिबार चीन तिआनजिनमा भएको भेटमा दुई नेताबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको र परस्पर हितका क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्दै आएकोमा चीनलाई धन्यवाद ज्ञापन गर्दै नेपाल–चीन सम्बन्ध पाँच सिद्धान्तमा आधारित रहेर निर्विघ्न रुपमा अघि बढिरहेको बताए । उनले आगामी शाङ्घाई सहयोग संगठन (एससीओ) सम्मेलनको सफलता शुभकामना दिँदै नेपाललाई एससीओको सदस्यता दिलाउन चीनको समर्थनको आग्रह गरे ।

प्रधानमन्त्री ओलीले दुई पक्षबीच पहिल्यै सम्झौता भइसकेका परियोजनाहरूको छिटो कार्यान्वयनमा जोड दिँदै मल, पेट्रोलियम अन्वेषण, मानव स्रोत विकास, जलवायु प्रतिरोधात्मक क्षमता र जनस्तरमैत्री सम्बन्ध विस्तार जस्ता क्षेत्रमा सहयोग गर्न चीनसँग आग्रह गरे । साथै भारत–चीनबीच हालै लिपुलेकमार्ग व्यापारसम्बन्धी समझदारीबारे सरकारको कडा आपत्ति रहेको र उक्त भूभाग नेपालको भूभाग भएको स्पष्ट पारे ।

राष्ट्रपति सी जिनपिङले ‘समृद्ध नेपाल, खुशी नेपाली’ को आकांक्षा पूरा गर्न चीनले सहयोग गर्ने आश्वासन दिए। उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गतका परियोजनाहरूलाई उच्च गुणस्तरका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै नेपालले ‘एक चीन नीति’ प्रति देखाएको दृढ समर्थनप्रति धन्यवाद व्यक्त गरे । साथै, चीनले संयुक्त राष्ट्रसंघ र एससीओ लगायतका बहुपक्षीय मञ्चमा पनि नेपालसँग सहकार्य गर्ने बताए।

प्रधानमन्त्री ओली आज अपराह्न तिआनजिन बिन्हाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ चीनका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। उनीसँगै नेपाली प्रतिनिधिमण्डल पनि चीन भ्रमणमा रहको छ।

प्रधानमन्त्री ओलीले भोलिदेखि सुरु हुने एससीओ सम्मेलनका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने, अन्य विश्व नेतासँग भेटवार्ता गर्ने र राष्ट्रपति सी जिनपिङ र उनकी पत्नी पेंग लियुआनद्वारा आयोजना हुने स्वागत भोज र सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ९ : ०० बजे

ओलीलाई जाँचबुझ आयोगले भन्यो- बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर–  ललितपुरस्थित नख्खु कारागारबाट जेन-जी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट