सिद्धार्थ रङ्गशाला निर्माणका लागि बजेटको अभाव हुँदैनः उपप्रधानमन्त्री पौडेल « Khabarhub

सिद्धार्थ रङ्गशाला निर्माणका लागि बजेटको अभाव हुँदैनः उपप्रधानमन्त्री पौडेल


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । रङ्गशाला अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएकाले रङ्गशालालाई बजेटको अभाव हुन नदिने बताए ।

उपप्रधानमन्त्री पौडेलले सिद्धार्थ रङ्गशालाका लागि यस वर्ष रु तीन करोड बजेट छुट्याएको र आगामी दिनमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “तपाईंहरू उत्साहका साथ खेलकुदको विकासमा लाग्नुहोस् । यो रङ्गशाला लुम्बिनी प्रदेशमै महत्वपूर्ण खेल पूर्वाधार हो । यहाँ रहेका अधुरा कामहरू सम्पन्न गर्न लाग्नुस् । आर्थिक रूपमा कुनै समस्या हुँदैन ।”

रङ्गशालाबारे जानकारी दिँदै रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले यसलाई बहुवर्षीय योजनामा राखिदिन आग्रह गरे । उनले सिद्धार्थ रङ्गशाला काठमाडौँपछि स्तरीय रहे पनि त्यसको अनुपातमा बजेटको अभाव झेलिरहेको बताए ।

डेढ दशकमा रङ्गशाला निर्माणको काम करिब १६ प्रतिशत मात्रै छ । यहाँ हालसम्म करिब रु १२ करोड खर्च भइसकेको छ । न्यून बजेटका कारण यसको निर्माण समयमै हुन नसकेको अध्यक्ष थापाले गुनासो गरे ।

क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले विसं २०६८ मा भैरहवा र मूलपानीमा अन्तरराष्ट्रियस्तरको मैदान बनाउन सुरु गरिएकामा मूलपानी मैदानले गति लिँदा यहाँ भने कछुवा गतिमा काम भइरहेको बताए ।

सात हजार दर्शक अट्नेगरी प्यारापिटसहित अन्तरराष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले यो योजना अगाडि बढाएको थियो । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० त्यसबेला कम्तीमा रु ३८ करोड लाग्ने जनाइएको थियो । तर, समयमै काम नहुँदा अब कम्तीमा रु ७० करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : २६ बजे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः