प्रत्येक वर्ष बन्छन् दशैँ गीत, तर मुखमा झुण्डिन्छन् पुरानै ! | Khabarhub Khabarhub

प्रत्येक वर्ष बन्छन् दशैँ गीत, तर मुखमा झुण्डिन्छन् पुरानै !


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेषतः रोजगारी बाहिर रहेकालाई घर फर्काउने चाड हो- दशैँ । लामो समयपछि घर फर्किएपछि रमाइलो त गर्नै पर्‍यो ।

रमाइलो गर्न के गर्ने ? खानपिन र नाचगान । नाच्नलाई गीत चाहियो । दशैँको बेला अरु गीत बजाएर नाच्नुको के मज्जा ! दशैँ गीत नै चाहियो । आखिर लामो समय पछि गाउँ फर्किएको पनि त दशैँ नै मान्न त हो ।

दशैँका गीत-संगीत यतिमै सीमित छन् त ? पक्कै होइन ।

तपाईंलाई ‘दशैँ आएको के ले महसुस हुन्छ ?’ भने प्रश्न गर्नुभयो भने बहुसंख्यकले ‘मालाश्री धुन र दशैँ गीत’ले भन्ने जवाफ फर्काएको पाउनु हुनुहुन्छ ।

तर, अर्थात् दशैँमा रमाइलो गर्न मात्रै होइन, यो चाड लागेको महसुस गराउन पनि यसको प्रमुख भूमिका रहन्छ ।

तर, यी ‘गीत-संगीत’ सुन्ने माध्यम परिवर्तन भएको छ । पहिलो रेडियोमा स्पिकर जोडेर गाउँ नै घन्किने गरी दशैँ गीत सुनिन्थ्यो ।

अलि अघिसम्म टीभीमा यस्ता गीत-संगीत प्रथमिकतासाथ बचाउने प्रचलन थियो, जुन अहिले पनि यथावत छ ।

तर, अहिले गीत-संगीत सुन्न दर्शकहरु रेडियो र टीभीमा निर्भर छैनन् । माध्यम परिवर्तन भएको छ ।

अहिले मोवाइलमा सुनिन्छ । भनौं- माध्यम सामाजिक सञ्जाल टिकटक बनेको छ ।

‘मालश्री’ यो धून यति प्रख्यात र लोकप्रिय छ कि- दशैँ छेका बन्ने व्यवसायिक विज्ञापनमा पनि प्रयोग हुन्छ ।

गीत-संगीतसँग नजिकको सम्बन्ध राख्ने चाड हो– दशैँ ।

मनग्य संख्यामा ‘दशैं’ गीत’ सार्वजिक हुन्छन् । यो मामलामा तीज र दशैँको प्रतिस्पर्धा छ भन्दा फरक नपर्ला !

कार्यस्थलमै मालश्री धूनले दशैँको माहोल बनाइसकेको हुन्छ । दशैँ गीत बज्न सुरु भइसक्छ ।

गाउँ फर्किदा बसमा दशैँ गीत सुन्नुको मज्जै बेग्लै !

यसरी दशैँसँग गज्जबको साइनो जोडेको छ– गीतले । अनि दशैँमा ‘दशैँ गीत’ सार्वनिक नहुने कुरै भएन ।

तर, दशैँमा बढीभन्दा बढी पुरानै गीतहरु घन्कने गर्छन् । नयाँ ‘दशैँ गीत’ सार्वजनिक भइरहने केही पुराना जति लोकप्रिय बन्न सकेका छैनन् ।

दर्शकलाई नयाँ स्वादको गीत दिन सर्जकहरु केन्द्रित हुने कि ?

यी हुन् ती कालजयी गीत

देशमा जेनजीकै माहोल छ । उनीहरुकै रुचिको कुरा गरौं ।

जेनजीले सामाजिक सञ्जालमा ‘मिम’ बनाएर ‘इन्जोय’ गर्ने दशैँ गीत सशस्त्र प्रहरीको ‘धानकै बाला झुलौंला’ हो ।

यो गीतमा प्रयोग भएका यी लाइनले धेरैको मन छुन्छ :

‘वर्षमा दिनको यो बडादशैँ कमेरो लाइएन
देश र जनता भन्दामा भन्दै घर जान पाइएन’

अर्थात्, बिदा नपाएर ब्यारेकमै दशैँ मनाएका प्रहरीहरुको ‘बेदना’मा यो गीत तयार पारिएको छ ।

सशस्त्र प्रहरीको युट्युब च्यानलमा राखिएको जानकारीअनुसार यो गीत २०६२ सालमा तयार गरिएको हो ।

यो गीतको शीर्ष कलाकार दीपक कोइराला डीएसपी छन् ।

यो पनि : दीपक कोइरालालाई प्रश्न : यो दशैँमा बिदा पाउनुभयो ?

जब दशैँ आउँछ, मिममार्फत् दीपक चर्चामा आइहाल्छन् ।

उनीबारे बन्ने मिम यस्ता हुन्छन् :

– यो दाइले यसपाली बिदा पाएकी पाएनन् होला ?
– मेरो हजुरआमालाई यो दाइले बिदा पाएको हेर्ने अन्तिम इच्छा छ ।
– यो दाइले यस पटक पनि बिदा पाएनन् । मेरो नि दशैँ खल्लो हुने भयो ।

मिम मात्रै होइन । यो धेरै सुनिने दशैँ गीतमा पर्छ । यो गीतको शब्द दीपकले लेखेका हुन् । स्वर दीपक र देवले दिएका छन् ।

अर्को दशैँताका बढी बज्ने गीत हो ‘होओ… दशैँ आयो’ । अर्थात्, ‘चरि ररी री रै’ ।

यो ‘डान्सिङ सङ’ हो ।

यो दुई दशकअघि प्रदर्शनमा आएको फिल्म ‘मुगलान’मा समावेश छ ।

यस गीतमा उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा र जुना प्रसाईंले स्वर दिएका छन् ।

यसको शब्द लोकनाथ सापकोटा लेखेका हुन् । भिडियोमा दीलिप रायमाझी, रमित ढुंगाना, विपना थापा, सुशील श्रेष्ठ र झरना थापाको नृत्य छ ।

त्यस्तै, दशैँमा गीतको चर्चा गर्दा गायक सुगम पोखरेललाई छुटाउनै मिलेन । किनकि दशैँमा सर्वाधिक बज्ने गीत उनको स्वर रहेको ‘दशैँ तिहार’ हो ।

यो गीत साढे २ दशकअघि सार्वजनिक भएको हो ।

मोवाइलको पहुँचसँगै युवापुस्तामा यस गीत थप चर्चामा ल्याएको पाइन्छ । पछिल्लो आधादशक यता त यस गीतले ‘दशैँ एन्थम’को उपनाम पाएको छ ।

‘वर्षमा दिनमा लैलै
हर्षका दिन यी लै लै–२
दशैँ तिहार चाड र बाड
खुसीले सारा भर्यो नि संसार’

दशैँ लाग्दै गर्दा ठूलो संख्याका क्रिएटरले यो गीतमा टिकटक बनाउने क्रम बढ्दो छ ।

यो गीतको शब्द रवि श्रेष्ठले लेखेका हुन् ।

नयाँ गीत आउँछन्–जान्छन्

माथि चर्चा गरिएका गीतहरु साढे दुई दशकको अवधिमा दर्शक–श्रोताका मुख झुण्डिन सफल भएका हुन् ।

पछिल्लो २५ वर्षको अवधिमा तीन गीत कालजयी बने ।

यो २० वर्ष यता हरेक दशैँमा दोहोरिएर बज्ने गीत कमै बनेका छन् भन्ने उदाहरण हो ।

तर, यो बीचमा कति दशैँ गीत आए होलान् ? जुन आएको र हराएको दर्शकलाई पत्तो छैन ।

२० वर्षअघि र अहिले मनाउने दशैँको तौरतरिका फरक छ । यसलाई सर्जकले समेट्न नसक्दा दर्शक पुरानै गीतमा रमाइरहेको रुपमा पनि बुझ्न सकिन्छ ।

यो वर्ष पनि दशैँका गीतहरु सार्वजनिक भएका छन् । पछिल्लो दुई साता युट्युबमा दुई दर्जन बढी ‘दशैँ गीत’ सार्वजनिक भएका छन् ।

यो संख्या अझै बढ्ने देखिन्छ ।

यसरी गीत सार्वजनिक गर्नेमा चल्तीका गायकहरु पनि छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : ५३ बजे

च्याङ्ग्रा व्यापारीका दुःख : दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङसम्म

बागलुङ– अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो,

दशैँले छोएन कञ्चनपुर वनहराका भूमिहीनलाई

कञ्चनपुर– दशैँ घरआँगनमै छ । मीठो मसिनो खाने, नयाँ लुगा

इंग्लिस प्रिमियर लिग : एभर्टन र वेष्टह्यामले खेले बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वेष्टह्याम युनाइटेडले बराबरी खेलेका

मुटु रोगीका लागि मासु र मदिरा विष समान

काठमाडौं – नेपालीको महान् चाडका रुपमा मनाइने दशैँ विशेषगरी खानपानसँग

चाडपर्वमा महिलालाई घरायसी कामको बोझ

टीकापुर– दशैँको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेका घर फर्किएका