दशैँको खानपानबारे आयुर्वेद : स्वाद हैन, स्वास्थ्य ठूलो « Khabarhub

दशैँको खानपानबारे आयुर्वेद : स्वाद हैन, स्वास्थ्य ठूलो

टुसाएको गेडागुडी र मासु एकसाथ नखाऔं


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपालीहरूको महान पर्व दशैँमा विशेष गरी चिल्लो भएका खानेकुरा तथा मासुका विभिन्न परिकार खाने चलन छ । शाकाहारीबाहेक मासु नखाने कमै हुन्छन् । तर चाडबाडका नाममा यसरी मासुको अत्यधिक प्रयोगले स्वास्थ्यमा एकदमै नकारात्मक असर गर्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार मुटु तथा सुगरका बिरामीलगायत दिर्घरोगीका लागि मासु एकदमै अयोग्य खाना मानिन्छ ।

यसरी दैनिक रुपमा पोलेको तारेको मासुले क्यान्सरको जोखिम हुने चिकित्सक बताउँछन् । आयुर्वेद चिकित्सकले पनि ऋतु, स्थान र मानिसको प्रकृति अनुसार जस्तै बाथ, पित्त र कफको अवस्था हेरेर मात्रै मासुजन्य परिकार खान सुझाउँछन्।

कस्तो मासु खाने ? खाना कति मात्रामा खाने ? मासुसँग के खाने के नखाने ? यिनै विषयमा आयुर्वेदिक चिकित्सक डा. लक्ष्मण पौडेलसँग गरिएको कुराकानी :

कस्तो मासु स्वास्थ्यका लागि उपयोगी हुन्छ ?
सबैभन्दा पहिले हामीले खसी, राँगा, कुखुरा, बंगुर केको मासु खाने हो, त्यो जनावर स्वस्थ छ, छैन भनेर यकिन हुनुपर्यो ।

त्यसपछि त्यसलाई काट्ने बनाउने बेलामा सफा तरिकाले बनाइएको छ, छैन भनेर हेर्नुपर्छ । जस्तै दशैँमा खाइने मासु प्राय मेलाहरुमा काटिएको, बलि चढाइएको जनावर तथा धेरै मासु काट्ने ठाउँमा काटिएको हुने भएकाले सरसफाइमा खासै ध्यान दिइँदैन ।

जसका कारण पाचन प्रणालीमा समस्या आउने, फुड पोइजनिङ हुने सम्भावना धेरै हुन्छ । त्यसैले मासु स्वस्थ र सफा हुनुपर्छ । त्यसैले ताजा मासु खानु राम्रो हुन्छ ।

मासुको स्वादभन्दा स्वास्थ्यलाई जोड दिएर खान सक्यौं भने त्यसबाट हाम्रो शरीरलाई चाहिने पोषक तत्त्व पनि पाइन्छ । शरीरलाई पनि कम असर गर्छ ।

खाना कति र कस्तो खाने ?
भोक अनुसार मात्रै खाना खानुपर्छ । हामीले मिठो पायौं मासु पायौं भने धेरै खान्छौं । त्यसैमाथि पनि मासुको पक्कु बनाएर, पोलेर, डिप फ्राई गरेको तेलमा तारेको मासु खाने गर्दछौं । यस्तो मासु नखाने ।
मासुमा ल्वाङ, सुकुमेल, दालचिनी, अदुवा, मरिच, बेसारलगायत जडिबुटीयुक्त मसला प्रयोग गरेर पकाउँदा मासुलाई पचाउन सहयोग गर्दछ ।

मासु खाइसकेपछि दही अथवा मही खाने गर्नाले पचाउन सजिलो हुन्छ । तर हाम्रोमा त के हुन्छ भने दशैँ सुरु भएदेखि नसकिएसम्म बिहान बेलुकाको खाना र दिउँसोको खाजामा समेत मासु नै खाने चलन छ ।
मासु खानु नै हुँदैन भन्ने होइन । तर एकदिन बिराएर बिहानको खानामा मासु खाने त्सपछिको खानामा हल्का सजिलै पचाउने खालको खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ ।

जस्तै आज मासु खाएको छ भने भोलिपल्ट लघु आहार या सुप खाने, फलफूलहरु खाने गर्नाले शरीरलाई आराम हुन्छ ।

मासुसँगै के खाने के नखाने ?
आयुर्वेदकाअनुसार माछामासु खाँदा दूध खानु हुँदैन । किनकी दूध मासुसँग खान नहुने एकदमै परस्पर विरोधी खाना हो । आजको भोलि नै केही हुँदैन । तर दीर्घकालमा यसले छालासम्बन्धी विभिन्न समस्या र एलर्जी आउने सम्भावना धेरै हुन्छ भने पाचन प्रणालीमा पनि समस्या निम्त्याउँछ ।

मासुसँगै कोक, फेन्टा, मदिरालगायत चिसो पेय पदार्थ पनि खाइरहेको पाइन्छ । तातो र चिसो खानेकुरासँगै खानु स्वास्थ्यका लागि राम्रो हुँदैन । त्यस्तै टुसाएको गेडागुडी र मासु पनि सँगै खानु हुँदैन ।

रातो मासु र सेतो मासु मध्ये कुन लाभदायी हुन्छ ?
रातो मासुमा प्रोटिनको मात्रा धेरै हुने भएकाले यसले कोलेष्ट्रोलको मात्रा बढाउन सक्छ, प्रेसर बढाउन सक्ने सम्भावना हुने भएकाले सेतो मासुलाई राम्रो मानिन्छ ।

सेतो मासु भन्दैमा सबै कुखुराको मासु स्वस्थ हुन्छ भन्ने हुँदैन । त्यो कुखुरालाई खुवाइएको दाना कस्तो छ ? त्यसलाई खुवाइएका एण्टिवाइटिक कति छन् ? भन्ने कुरामा त हामी अनभिज्ञ छौं ।

त्यसैले हाम्रो समाजमा पाइने सेतो मासु पनि त्यति फाइदाजनक छैन । जस्तै एउटा उदाहरण म भन्छु एक जना कहिल्यै बिरामी नभएको कुनै पनि औषधीहरु नखाएको मान्छे बिरामी भएर अस्पताल गए ।

विभिन्न चेकजाँच गर्दा ती बिरामीले एकदमै धेरै एन्टिबाइटिक खाएको पाइयो । जबकी उनले कहिल्यै खाएका छैनन् ।

अनुसन्धान गर्दै जाँदा उनले सेतो मासु धेरै खाने गरेका रहेछन् ।यो सबैमा लागू हुन्छ भन्ने त होइन तर सेतो मासु पनि स्वस्थकर छ भन्न सकिने अवस्था छैन ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १२ : ४६ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ