आज २०८२ साल असोज १४ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज १४ गते मंगलबारको राशिफल


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज १४ गते मंगलबार। आश्विन शुक्ल पक्षको महाअष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ३० तारिख। नवरात्रको आठौं दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन्। सामाजिक क्षेत्रमा अघि नबढ्नु उचित हुनेछ। धर्मकर्ममा मन जानेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ। मित्र बढ्नेछन्। महत्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। धार्मप्रति अनास्था बढ्नेछ। परिवारको विश्वास मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। लगानीका क्षेत्र सबल बन्नेछन्। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। गीत संगीतको क्षेत्रमा मन जानेछ। गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ।

कन्या : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। व्यापार व्यवसायमा घाटा हुनेछ। धार्मिक कार्यमा समय दिनु उचित हुन्छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ।

तुला : दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ योजना बन्नेछन्।

वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ।

धनु : दिन राम्रो छ। साथी भाइसँग रमाइलो भेटघाट हुनेछ। धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ। दीर्घकालीन कामका लागि नयाँ योजना बन्नेछ। कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

मकर : दिन सामान्य छ। व्यापार व्यवसायमा घाटा हुने दिन छ। स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्नेछ। एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। दैनिक काममा देखिएका समस्या समाधान हुँदै जानेछन्। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

मीन : दिन सामान्य छ। मध्ये साढेसातीको दशा चलिरहेकाले सोचेका काम नबन्ने जोखिम छ। हरेक काममा झन्झट आइ पर्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ५ : ०२ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका