दशैँले छोएन कञ्चनपुर वनहराका भूमिहीनलाई « Khabarhub

दशैँले छोएन कञ्चनपुर वनहराका भूमिहीनलाई


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– दशैँ घरआँगनमै छ । मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ । तर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी (भूमिहीन) परिवारका लागि त्यो रहर केबल सपना मात्रै बनेको छ । दुई छाकको खाना जुटाउनै सङ्घर्ष भइरहेको अवस्थामा दशैँले शिविरवासीको पीडा झन् थपिदिएको छ ।

शिविरमा बस्दै आएकी ६५ वर्षीया माथुदेवी दमाईले विगतका दुःखद् अनुभव सम्झिँदै भनिन्, ‘कमाइ खाने जग्गा छैन, उमेर पनि ढल्किँदै छ, सधैँ मजदुरी पाइँदैन, हप्तामा एक दिन गर्ने मजदुरीले साँझबिहानको छाक टार्नै कठिन छ ।’ ‘दशैँमा मीठोमसिनो खाने, नयाँ लुगा लगाउने रहर त छ एकसुको पैसो छैन, आश मानेर के पो हुन्छ र हाम्रा दिन यसैगरी बित्ने भए’, उनी भन्छिन् ।

वनहरा शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्र छन् । युवा मजदुरीका लागि भारततर्फ गएका छन् । दशैँ भए पनि फर्किएका छैनन् । शिविरवासी देउमती देवी बोहराले भनिन्, ‘कमाई नभएकाले तिहारमा फर्किन्छु भन्ने खबर गरेका छन्, यसपालि दशैँ खल्लो हुने नै भयो ।’

शिविरका बालबालिका र वृद्धवृद्धा बिरामी पर्दा स्वास्थ्य चौकीसम्म लैजाने मान्छेसम्म नपाइने अवस्था छ । ‘नयाँ लुगा किनेको वर्ष दिनभन्दा बढी भयो, मीठो मसिनो खानु त टाढाको कुरा भयो, बिहान साँझको छाक जुट्यो भने ठूलो कुरा हुन्छ’, उनले भनिन् ।

वनहरा नदी किनारमा टालटुल गरेर बनाइएका झुपडीमाथि राखिएका त्रिपाल दातृ निकायले उपलब्ध गराएका हुन् । तर, त्रिपालभित्र गर्मी असह्य हुने भएकाले धेरै परिवार राति पुलमुनि सुत्न बाध्य छन् ।

रञ्जित रावत भन्छिन्, ‘कोही डोरीको खटिया राखेर सुत्छौँ, कोही भुइँमै बोरी ओछ्याएर, लामखुट्टेले रातभर टोकेर निन्द्रै पर्दैन, ओढ्ने–बिछ्याउने छैन, जसोतसो रात काट्छौँ ।’ दुई महिनाअघि बाढीको त्रासले राजमार्ग किनारमा सरेका परिवार फेरि पुरानै ठाउँमा फर्किएका छन् । तर, समस्या उस्तै छ । दलबहादुर बोहराले भने, ‘पुलमुनि सुत्दै आएको वर्षौं भयो, तर हाम्रोबारेमा सोच्ने कोही छैन, झुल, त्रिपाल र टर्चको व्यवस्था गरिदिन वडादेखि नगरपालिकासम्म धायौँ, सुनुवाइ भएन ।’

सुरुमा जनप्रतिनिधिले समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिले मौन बसेको शिविरवासीको गुनासो छ । ‘अब त माग्न जानै छाडेका छौँ’, उहाँहरु भन्छन् ।

वनहरा शिविरमा बसोबास गर्ने २८ परिवारले भूमि समस्या समाधान आयोगमार्फत जग्गा र आवासका लागि निवेदन दिएका छन् । बसोबासको टुङ्गो भने लागेको छैन । झण्डै दुई दशकदेखि भूमिहीन परिवार वनहरामा झुपडीमा बस्दै आएका छन् । हरेक वर्षजस्तै यसपालीको दशैँले भूमिहीन परिवारको जीवनमा खुसीभन्दा पीडाको घाउ बोकेर आएको छ । (रासस)

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ९ : २३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले