नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता « Khabarhub

नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यहाँका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै संस्कृति संरक्षणमा सक्रिय भएका छन् ।
    
घटस्थापनादेखि यहाँ लाग्ने नौराते अर्थात नवरात्री मेलामा युवायुवतीको समूहले धिमेलगायतका बाजा बजाउँदै आ–आफ्नो टोलबाट मन्दिर जाने र फर्किने गरेका छन् । 

त्यसरी बाजा बजाउँदै जाने आउनेको समूहले रात गुञ्जायमान हुने गरेको छ  । नेवारी पोसाकमा सजिएका उनीहरूले टोलटोलबाट धिमे, बाँसुरी, झ्यालीलगायत बाजा बजाउँदै मन्दिर गएपछि नवरात्री मेलाको रौनकता थपिएको स्थानीय बताउँछन् ।
    
घटस्थापनादेखि नवमीको रातिसम्म यस्ता बाजाले दसैँको रौनकता थपिने टौमढीका स्थानीय विजय धौभडेल बताउँछन्। मेला भर्न शक्तिपीठ आउँदा दसैंँ अवधिमा साँझ र राति भक्तपुर बाजागाजाको धुनले गुञ्जायमान हुने दत्तात्रयका रामचन्द्र प्रजापति बताउँछन्  ।
    
धिमे बजाउँदै नवरात्री मेलामा सहभागी हुन आएकी प्रतिमा श्रेष्ठले भनिन् ‘बाजा बजाउँदा आनन्द आउँछ । यो हाम्रो पुर्खाको देन पनि हो, पहिला केटी मान्छेले बाजा बजाउनु हुँदैन भन्थे, अहिले त्यस्तो छैन । त्यसैले बाजामा आकर्षित भएको हुँ ।’

बाजा बजाउँदै मेला भर्न आउने युवतीको सङ्ख्या पनि हरेक वर्ष बढ्दै गएको छ ।  ‘पहिले बाजा बजाउनेमा बढी सङ्ख्या युवकको हुन्थे भने अहिले बाजाप्रति युवतीको आकर्षण उत्तिकै बढेको छ’, बाजा टोलीमा झ्याली बजाउँदै आएकी सुनिता खर्बुजाले भनिन्। बाजाको प्रशिक्षण लिएपछि जात्रा र पर्वहरूमा बाजा बजाउन थालेको उनले बताइन् । 

भक्तपुरका संस्कृतिविद् प्रकाश धौभडेलले बाजाप्रति युवायुवतीको आकर्षण बढेको देखेर लोपोन्मुख बाजाहरूको संरक्षण हुनेमा ढुक्क भएको बताए।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ४ : २२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा