बैतडीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु « Khabarhub

बैतडीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा न १ गुरुखोला मणिलेक माध्यमिक विद्यालय गेट नजिकै महाकाली यातायातको सु.प.प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै महिलाको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

देहिमाण्डौंस्थित निंगलाशैनि मन्दिरमा लागेको मेला हेरी घर फर्कँदै गरेकी महिलालाई सतबाँझबाट देहिमाण्डौ जाँदै गरेको बसले ठक्कर दिएको हो । 

घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका र सहमतिका लागि प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली घटनास्थल पुगेको जनाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ६ : ११ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने