पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु, ३० घाइते « Khabarhub

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु, ३० घाइते


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा मंगलबार अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रान्तीय स्वास्थ्य मन्त्री बख्त मुहम्मद काकरले बताएका छन् । 

आक्रमण राजधानी क्वेटामा स्थानीय समय अनुसार बिहान ११ः३० बजेको आशपासमा भएको उनको भनाई छ । आतंककारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई मुख्यालयको बाहिरी पर्खालमा ठोक्काए पछि विष्पोट भएको तथा चार आतंककारीहरु भवनमै लडेको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।  

आक्रमण पछि सुरक्षा बलको जबाफी कारबाहीमा गोली हानेर मारेको तथा उनीहरूको शव अनुसन्धानका लागि  लिइएको स्रोतले जनाएको छ ।  

क्वेट्टामा रहेको गैरसरकारी संस्था फाउन्डेसनका अपरेसन म्यानेजर मुहम्मद जिशानलाई उदृत गर्दै सिन्ह्वाले मृतकमा सात जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मी रहेको र घाइतेमा एक अधिकारीसहित नौ जना सुरक्षाकर्मी रहेको जनाएको छ ।  

विस्फोट हुँदा बस र रिक्सा घटनास्थलमा रहेको तथा अधिकांश मृतक र घाइतेहरू गाडीमा सवार यात्रुहरू रहेको उनले बताएका छन् । 
 
घाइतेहरूलाई क्वेटा सिभिल अस्पतालमा सारिएको जनाउदै उनले धेरैको अवस्था गम्भीर रहेको उल्लेख गरे ।  

स्वास्थ्य विभागका प्रवक्ता वसीम बेगलाई उदृत गर्दै सिन्ह्वाले शहरका सबै प्रमुख अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको र मेडिकल स्टाफ चुनौतीको सामना गर्न उच्च सतर्कतासहित तयार रहेको जनाएको  छ ।

अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गर्दै निर्दोष नागरिकहरूलाई हानि पुर्याउने र देशको अखण्डतालाई कमजोर पार्ने प्रयास गर्ने आतंककारीहरूलाई कानुन बमोजिम कारवाही गरिने बताए ।  

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : ०० बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले