नेपालगञ्ज–गुलरिया सडकमा चार लेनको पुल निर्माण हुँदै « Khabarhub

नेपालगञ्ज–गुलरिया सडकमा चार लेनको पुल निर्माण हुँदै


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो ।

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार आठ करोड ९६ लाख तीन हजार ४६८ रुपैयाँमा निर्माण कम्पनीसँग चार लेनको पक्की पुल बनाउने सम्झौता भएको छ । आगामी वैशाख भित्रमा निर्माण पूरा गर्नेगरी सम्झौता भएको हो ।

एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुनेगरी पुलको एक भाग निर्माण नभएसम्म सवारी व्यवस्थापनका लागि पुरानो पुल नभत्काइने उनको भनाइ छ ।

हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि निर्माण हुन नसकेको पुल चार लेनको बन्ने भएपछि बर्खामा बाँके र बर्दियाका सर्वसाधारणलाई यात्रा गर्न सहज हुनेछ । (रासस)

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ९ : ०३ बजे

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी– फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा