काराबाओ कप : म्यानचेस्ट सिटी अन्तिम आठमा « Khabarhub

काराबाओ कप : म्यानचेस्ट सिटी अन्तिम आठमा


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस फुटबल लिग (इएफएल) कप (काराबाओ कप) फुटबलमा म्यानचेस्टर सिटी क्वार्टरफाइनल (अन्तिम आठ)मा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा स्वान्सी सिटीलाई ३–१ गोलले पराजित गर्दै म्यानचेस्टरले सहज जित निकाल्दै क्वार्टरफाइलनमा पुगेको हो ।

म्यानचेस्टरका लागि जेरिमी डोकु, ओमर मर्मोश र रायल चेर्कीले एक–एक गोल गरेका थिए । स्वान्सी सिटीका लागि गोन्सालो फ्रान्कोले गोल गरेका थिए ।

खेलमा सुरुवाती गोल स्वान्सी सिटीका तर्फबाट भएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुगेको थियो । खेलको १२औँ मिनेटमा सिटीका फ्रान्कोले सुरुवाती गोल गरेका थिए ।

तर खेलका ३९औँ मिनेटमा डोकु, ७७औँ मिनेटमा मर्मोश र दोस्रो हाफको इन्जुरी समयको चाैथाे मिनेटमा फ्रान्कोले गोल गर्दै म्यानचेस्टर सिटीलाई जित दिलाए ।

गएराति नै भएका अन्य खेलमा आर्सनलले ब्राइटनलाई २–०, क्रिष्टल प्यालेसले लिभरपुललाई ३–० र चेल्सीले वुल्सलाई ४– र न्यूक्यासल युनाइटेडले टोटनहम हट्सपरलाई २–० गोलले हराएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ९ : ४१ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना