काराबाओ कप : म्यानचेस्ट सिटी अन्तिम आठमा « Khabarhub

काराबाओ कप : म्यानचेस्ट सिटी अन्तिम आठमा


१३ कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस फुटबल लिग (इएफएल) कप (काराबाओ कप) फुटबलमा म्यानचेस्टर सिटी क्वार्टरफाइनल (अन्तिम आठ)मा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा स्वान्सी सिटीलाई ३–१ गोलले पराजित गर्दै म्यानचेस्टरले सहज जित निकाल्दै क्वार्टरफाइलनमा पुगेको हो ।

म्यानचेस्टरका लागि जेरिमी डोकु, ओमर मर्मोश र रायल चेर्कीले एक–एक गोल गरेका थिए । स्वान्सी सिटीका लागि गोन्सालो फ्रान्कोले गोल गरेका थिए ।

खेलमा सुरुवाती गोल स्वान्सी सिटीका तर्फबाट भएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुगेको थियो । खेलको १२औँ मिनेटमा सिटीका फ्रान्कोले सुरुवाती गोल गरेका थिए ।

तर खेलका ३९औँ मिनेटमा डोकु, ७७औँ मिनेटमा मर्मोश र दोस्रो हाफको इन्जुरी समयको चाैथाे मिनेटमा फ्रान्कोले गोल गर्दै म्यानचेस्टर सिटीलाई जित दिलाए ।

गएराति नै भएका अन्य खेलमा आर्सनलले ब्राइटनलाई २–०, क्रिष्टल प्यालेसले लिभरपुललाई ३–० र चेल्सीले वुल्सलाई ४– र न्यूक्यासल युनाइटेडले टोटनहम हट्सपरलाई २–० गोलले हराएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ९ : ४१ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ