एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ । बुधबारदेखि सुरु भएको तेस्रो पूर्ण बैठक आज पनि जारी रहने छ ।

बुधबार बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेश भएको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । अध्यक्ष नेपालले कम्युनिष्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट आधार नभएसम्म एकता सम्भव नभएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

शुक्रबारसम्म चल्ने बैठकमा पार्टी पुनर्गठन कार्ययोजना, नेतृत्व हस्तान्तरण र रुपान्तरणका विषयमा छलफल हुनेछ । बैठकमा पार्टीको वैचारिक दृष्टिकोण र सैद्धान्तिक विषयमाथिसमेत बहस हुनेछ ।

बैठकले जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै आवश्यक कार्यक्रम अनुमोदन गर्ने छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ७ : २७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र