वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध | Khabarhub Khabarhub

वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ ।

सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए ।

वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए ।

सूचना अधिकारी नेपालले भने, ‘बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १० : ३० बजे

विश्वकप लिग–२ : युएईसँग पनि नेपाल पराजित, रोहितको शतक ओझेलमा

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत दुबईमा बिहीबार भएको खेलमा नेपाल

करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली– तीनपाटन गाउँपालिका-१० लङ्गुर खोला बस्ने २० वर्षीय धन बहादुर

भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

चितवन– भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित सडकमा बागमती प्रदेश ०२-०५६ प ९८०४ नम्बरको मोटरसाइकल

सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : सञ्चारमन्त्री खरेल

काठमाडौं– सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ

बोल्दाबोल्दै ढलेका गौतमलाई भएको ‘कार्डियाटिक अरेस्ट’ कस्तो समस्या हो ? 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधमा आयोजित सभालाई