नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भयो : महासचिव पोखरेल « Khabarhub

नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भयो : महासचिव पोखरेल


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी दाङले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै उनले नेपालको कानुनी व्यवस्थालाई खलल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरेका हुन् ।

‘जेनजी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन’, उनले भने, ‘यो कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणाम हो ।’

आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्र विरोधी स्वार्थी तत्वले घुसपैठ गरेको आरोप लगाउनुभयो ।

सरकारले गैह्र सरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गरे ।

आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने आशंका गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १० : ५० बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु