शंकर पोखरलले भने- न्यायालयमाथि आक्रमण गरेर कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भयो « Khabarhub

शंकर पोखरलले भने- न्यायालयमाथि आक्रमण गरेर कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भयो


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन-जी आन्दोलनका क्रममा नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको बताएका छन् । 

प्रेस चौतारी दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेले जेन-जी आन्दोलनमा घुसपैठ गरी न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको बताए ।

आन्दोलनमा नाममा न्यायालयमाथि आक्रमण हुन सामान्य घटना नभएको उनको भनाइ छ । 

महासचिव पोखरेलले जेन–जी आन्दोलनमा उठाइएका माग जायज भए पनि राष्ट्र विरोधी स्वार्थी तत्त्वले घुसपैठ गरेका कारण ठूलो जनधनको क्षति भएको जिकिर गरे ।

उनले वर्तमान सरकारले गैह्र सरकारी संस्थालाई जेन–जी आन्दोलनको स्टेक होल्डर बनाउनु संविधान विपरीत भएको टिप्पणी गरे ।

आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावलाई समेत असर पुराउन सक्ने बताए ।

जेन-जी आन्दोलनको छानबिनका लागि बनेको आयोगका पदाधिकारीले आन्दोलनकारीलाई उकास्ने काम गरिसकेकाले निष्पक्ष छानबिन नहुने उनले बताए । 

गौरीबहादुर कार्कीले नैतिक हिसाबले राजीनामा दिनुपर्ने उनको तर्क छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १२ : ५७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका