कर्णालीका नर्सहरूले पनि सुरु गरे आन्दोलन  « Khabarhub

कर्णालीका नर्सहरूले पनि सुरु गरे आन्दोलन 


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू श्रम शोषण र विभेदविरुद्ध आन्दोलित भएका छन्। 

बुधबार बिहान उनीहरूले हातमा कालो पट्टी बाँधेर दुई घण्टासम्म सेवा अवरुद्ध गर्दै आन्दोलनको सुरुवात गरेका हुन् । देशभर नर्सहरूको श्रम शोषणविरुद्ध आन्दोलन भइरहेको बेला नेपाल नर्सिङ संघ सुर्खेत शाखाको नेतृत्वमा सुर्खेतमा पनि नर्सहरूले आन्दोलन थालेका हुन् । 

प्रदेश अस्पतालमा कार्यरत नर्सहरूले बिहान दुई घण्टासम्म अस्पताल परिसरमै कालो पट्टी बाँधेर धर्ना दिएका थिए । नेपाल नर्सिङ संघ सुर्खेत शाखा अध्यक्ष तथा प्रदेश अस्पताल नर्सिङ विभाग प्रमुख शकुन्तला सापकोटाका अनुसार नर्सहरूले श्रमअनुसारको पारिश्रमिक नपाएको कारण उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । 

उनले भनिन्, ‘हामी अस्पतालजस्तो संवेदनशील क्षेत्रमा निरन्तर जोखिमपूर्ण रोगसँग जुधिरहेका छौं। तर हाम्रो श्रम र जोखिमअनुसारको सम्मान र ज्याला दिइएको छैन ।’

उनका अनुसार सरकारले ओएनएम विना नै नर्सहरूलाई काम गराइरहेको छ। दरबन्दी निर्धारण र ओएनएम गर्दा फिल्डमा आएर वास्तविक अवस्था बुझ्नुपर्ने उनीहरूको माग छ । नर्सहरूले कर्णाली प्रदेश सरकारले तलब बाहेकका अन्य सुविधा र अधिकारबाट बञ्चित गरेको गुनासो समेत गरेका छन् ।

सुर्खेतकी नर्सहरूले आरोप लगाएका छन् कि अन्य प्रदेश र ठूला अस्पतालका नर्सहरूलाई पर्याप्त सुविधा दिइए पनि कर्णालीमा अझै शिशु स्याहार केन्द्रसम्म स्थापना गर्न नसकिएको छ । प्रदेश अस्पतालका निर्देशक गणेश थापाले भने नर्सहरूको दुई घण्टाको आन्दोलनले अस्पतालको सेवा प्रभावित भएको बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १ : ४६ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड