कर्णालीका नर्सहरूले पनि सुरु गरे आन्दोलन  « Khabarhub

कर्णालीका नर्सहरूले पनि सुरु गरे आन्दोलन 


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू श्रम शोषण र विभेदविरुद्ध आन्दोलित भएका छन्। 

बुधबार बिहान उनीहरूले हातमा कालो पट्टी बाँधेर दुई घण्टासम्म सेवा अवरुद्ध गर्दै आन्दोलनको सुरुवात गरेका हुन् । देशभर नर्सहरूको श्रम शोषणविरुद्ध आन्दोलन भइरहेको बेला नेपाल नर्सिङ संघ सुर्खेत शाखाको नेतृत्वमा सुर्खेतमा पनि नर्सहरूले आन्दोलन थालेका हुन् । 

प्रदेश अस्पतालमा कार्यरत नर्सहरूले बिहान दुई घण्टासम्म अस्पताल परिसरमै कालो पट्टी बाँधेर धर्ना दिएका थिए । नेपाल नर्सिङ संघ सुर्खेत शाखा अध्यक्ष तथा प्रदेश अस्पताल नर्सिङ विभाग प्रमुख शकुन्तला सापकोटाका अनुसार नर्सहरूले श्रमअनुसारको पारिश्रमिक नपाएको कारण उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । 

उनले भनिन्, ‘हामी अस्पतालजस्तो संवेदनशील क्षेत्रमा निरन्तर जोखिमपूर्ण रोगसँग जुधिरहेका छौं। तर हाम्रो श्रम र जोखिमअनुसारको सम्मान र ज्याला दिइएको छैन ।’

उनका अनुसार सरकारले ओएनएम विना नै नर्सहरूलाई काम गराइरहेको छ। दरबन्दी निर्धारण र ओएनएम गर्दा फिल्डमा आएर वास्तविक अवस्था बुझ्नुपर्ने उनीहरूको माग छ । नर्सहरूले कर्णाली प्रदेश सरकारले तलब बाहेकका अन्य सुविधा र अधिकारबाट बञ्चित गरेको गुनासो समेत गरेका छन् ।

सुर्खेतकी नर्सहरूले आरोप लगाएका छन् कि अन्य प्रदेश र ठूला अस्पतालका नर्सहरूलाई पर्याप्त सुविधा दिइए पनि कर्णालीमा अझै शिशु स्याहार केन्द्रसम्म स्थापना गर्न नसकिएको छ । प्रदेश अस्पतालका निर्देशक गणेश थापाले भने नर्सहरूको दुई घण्टाको आन्दोलनले अस्पतालको सेवा प्रभावित भएको बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १ : ४६ बजे

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

कञ्चनपुर– सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू

चुनावी परिणामपछि खड्काको टिप्पणी: ‘हामीलाई मतदाताले गम्भीर सन्देश दिएका छन्’

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्त्वाकाङ्क्षा, आवेग

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित