एन्फासँग असन्तुष्टि जनाउँदै मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा « Khabarhub

एन्फासँग असन्तुष्टि जनाउँदै मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा


१३ कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को एकपछि अर्को विफलताको असर प्रशिक्षकमा पनि परेको छ।

नेपालमा घरेलु लिग फुटबलसमेत गराउन नसकेको एन्फाको अक्षम कार्यशैलीका कारण राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले ८ महिनामै राजीनामा दिएका छन् ।

उनले राजीनामा पत्र एन्फा महासचिव किरण राईलाई बुझाएका छन् । तर यसबारे अहिलेसम्म एन्फाले कुनै औ‍पचारिक प्रतिक्रिया दिएको छैन ।

एन्फा र रसबीच २०८१ फागुन १८ गते एक वर्षका लागि करार सम्झौता भएको थियो। तर उक्त करार सम्झौता सकिन नपाउँदै रसले आठ महिनामै नेपालबाट बिदा हुने निर्णय गरेका हुन् ।

रसले यसअघि नै नेपाली फुटबलको पछिल्लो अवस्थालाई लिएर एन्फाको आलोचना गरेका थिए । उनले घरेलु लिग फुटबल प्रतियोगिता नहुने देशले कुनै नतिजा दिन नसक्ने कडा टिप्पणी गरेका थिए ।

रसले आफ्नो आठ महिने कार्यकालमा मिश्रित नतिजा निकाले । रसको नेतृत्वमा नेपाली टोलीले खेलेका सात खेलमा एकमा मात्रै जित निकाल्यो । दुईवटा बराबरीमा चित्त बुझायो । उता चार खेलमा पराजयको सामना गरेको थियो ।

रसले नेतृत्व लिँदा नेपालले पहिलो खेलमा सिंगापुरलाई १–० ले पराजित गर्‍यो । उता हङकङ र बंगलादेशसँग नेपालले गोलरहित बराबरी खेल्यो । मलेसिया र लाओससँग पराजित भयो । भियतनामविरुद्धका दुई खेल गुमायो ।

एन्फाको अक्षमताका कारण महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले एउटा प्रतियोगिता खेलेर राजीनामा दिइसकेका छन्। पछिल्लो समय एन्फाले घरेलु लिग पनि गराउन सकेको छैन । उसले घरेलु प्रतियोगिताहरू गराउन नसक्दा नेपाली फुटबल संकटतिर धकेलिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ३ : ०० बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ