इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता पुनः सुरु हुने सम्भावना « Khabarhub

इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता पुनः सुरु हुने सम्भावना


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल- पाकिस्तान र अफगानिस्तानबीचको शान्ति वार्ता पुनः सुरु हुने सम्भावना देखिएको छ । अघिल्लो चरणको वार्ता असफल भएको सरकारी घोषणा पछि पाकिस्तानी सुरक्षा स्रोतले बिहीबार दुवै देशले आगामी चरणको छलफल इस्तानबुलमा गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि दुई दक्षिण एसियाली छिमेकीबीच भएको सबैभन्दा घातक झडपपछि कतार र टर्कीको मध्यस्थतामा शान्ति वार्ताको प्रक्रिया अघि बढाइएको थियो । अक्टोबर ९ मा काबुलमा भएको भीषण विस्फोटपछि बढेको हिंसामा ७० जनाभन्दा बढीको मृत्यु र सयौँ घाइते भएका थिए ।

यसको जिम्मेवारीबारे अफगान अधिकारीहरूले पाकिस्तानमाथि आरोप लगाएका थिए । पछिल्लो वार्ता गत साताको शनिबारदेखि इस्तानबुलमा सुरु भए पनि बुधबार पाकिस्तानले सो वार्ता ‘असफल’ भएको औपचारिक घोषणा गरेको थियो । तथापि, पाकिस्तानी सुरक्षा स्रोतका अनुसार अफगान तालिबान प्रशासनको अनुरोधमा वार्ताको अर्को चरण फेरि पनि इस्तानबुलमै सञ्चालन गर्ने सम्भावना अझै खुला रहेको छ ।

नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै स्रोतले भन्यो, “अफगान पक्षको आग्रहअनुसार पाकिस्तान वार्तामा सहभागी हुन तयार छ तर आफ्नो मूल राष्ट्रिय सुरक्षाका प्राथमिकताहरूमाथि कुनै सम्झौता गर्नेछैन ।” यसैबीच, अफगान राज्यद्वारा सञ्चालित प्रसारण संस्था आरटिएले पनि बिहीबार रिपोर्ट गर्दै भनेको छ, “टर्की र कतारको मध्यस्थतामा रोकिएको वार्ता पुनः सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।”

दुई हजार ६०० किलोमिटर (एक हजार ६०० माइल) लामो साझा सीमाले जोडिएका पाकिस्तान र अफगानिस्तानबीचका सम्बन्ध पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा तनावग्रस्त बनेका छन् । इस्लामाबादले अफगानिस्तानलाई सीमापार आक्रमणमा संलग्न आतङ्कवादी समूहहरूलाई सुरक्षित आश्रय प्रदान गरेको आरोप लगाउँदै आएको छ ।

इस्लामाबादले विशेषतः तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) नामक समूहमाथि यस्तो आश्रय दिएको आरोप लगाएको छ । यस समूहले अफगान भूमिलाई आफ्नो सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्ने गरेको पाकिस्तानको दाबी छ । तर तालिबान सरकारले ती आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ र आफ्नो भूमिबाट कुनै पनि मुलुकविरुद्ध हिंसात्मक गतिविधि सञ्चालन हुन नदिने अडान दोहोर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ३ : ०० बजे

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र