काठमाडौं – यूएईमा जारी आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य दिएको छ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहित पौडेलको शतकीय योगदानसहित ५० ओभरमा १० विकेट गुमाउँदै २३३ रन बनाएको हो ।
नेपालको गतिलो सुरुवात नगरे पनि रोहितले सम्हाले । २६ रन बनाउँदै ओपनर कुशल भुर्तेल ७ रनमा आउट भए । उता भीम सार्की ३ रनमै फर्किए । आशिफ शेख पनि ३५ रनमा आउट भए । नेपालले ६१ रनमै तीन विकेट गुमाएर दबाबमा परेको थियो ।
कप्तान रोहित पौडेल र आरिफ शेखले चौथो विकेटका लागि ७० रनको साझेदारी गरे । आरिफ २७ रनमा आउट हुँदा नेपालको स्कोर १३१ रन पुग्यो ।
उप–कप्तान दीपेन्द्र सिंह ऐरी र कप्तान पौडेलले पाँचौँ विकेटका लागि ५४ रन बनाए। ऐरी २३ रनमा रन आउट हुँदा रोहित टिकिरहे । उता गुलशन झा शून्यमै आउट भए ।
क्रिजमा टिकेका कप्तान रोहितले १ सय २६ बलमा ५ चौका र १ छक्कासहित साढे तीन वर्षमा दोस्रो शतक बनाए। उनले वान डेमा दोस्रो शतक हाने । उनले पहिलो शतक सन् २०२२ मा पपुआ न्यू गिनीविरुद्ध कीर्तिपुरमा बनाएका थिए ।
रोहितले १०९ रन बनाउँदा सोमपाल कामी ६ रनमा सीमित भए करण केसीले १३ रन बनाए। नेपालले अन्तिम पाँच ओभरमा ३९ रन मात्रै बनाउँदा स्कोरले २५० छुन सकेन ।
यूएईका लागि जाहिद अलिले ६ ओभरमा ४१ रन दिएर ४ विकेट झारे। जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट झारे ।
पहिलो खेलमा नेपाल अमेरिकासँग १०७ रनले हारेको थियो । नेपाल यस प्रतियोगितामा पहिलो जित निकाल्ने दाउमा छ ।













प्रतिक्रिया