इप्पानद्धारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण « Khabarhub

इप्पानद्धारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ।

जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौसँग भएको सम्झौता अनुसार आज बिहीबार चार थान टेलिभिजन हस्तान्तरण गरेको हो ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङलाई इप्पान उपाध्यक्ष भरत खत्री र महासचिव बलराम खतिवडाले हस्तान्तरण गरे । टेलिभिजन ग्रहण गर्दै सह–सचिव तामाङले टेलिभिजनहरु सहायता गरेकोमा इप्पानलाई धन्यवाद दिए ।

महासचिव खतिवडाले ऊर्जा मन्त्रालयले निजी क्षेत्रका लगानीकर्ताहरुको लागि सहजीकरण गर्ने थलो भएकोले आफ्नो दायित्व निर्वाह गर्ने क्रममा मन्त्रालयकै आग्रह बमोजिम सहायता गरिएको बताए ।

इप्पानद्वारा हस्तान्तरण गरिएका टेलिभिजनहरु मन्त्रालयको बैठक कक्षका साथै अन्य स्थानमा रहनेछन् । जेनजी आन्दोलनको क्रममा टेलिभिजनहरु क्षति भएपछि मन्त्रालयलाई बैठक कक्षमा प्रश्तुतीकरण लगायतमा समस्या परेको थियो ।

इप्पान उपाध्यक्ष खत्रीका अनुसार, क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणको क्रममा सहरी विकास मन्त्रालयसँग समन्वय गरी क्षतिग्रस्त गृह मन्त्रालयमा रंगरोहणको कार्य अघि बढाएको छ

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : ०९ बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी