रञ्जिताले दिइन् नाउपा नेपालका प्रस्तावित अध्यक्ष कबीरलाई बधाई  « Khabarhub

रञ्जिताले दिइन् नाउपा नेपालका प्रस्तावित अध्यक्ष कबीरलाई बधाई 


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी नेपालका प्रस्तावित अध्यक्ष  कबीर सोपलाई बधाई दिएकी छन् ।

निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिएपछि सामाजिक सञ्जालमा रञ्जिताले सोपलाई बधाई दिएकी हुन् ।

उनले शोपलाई भान्जा भनेर समेत सम्बोधन गरेकी छन्। 

रञ्जिताले फेसबुकमा लेखेकी छन्, ‘नागरिक उन्मुक्ति नेपालको अध्यक्ष भएकोमा भान्जा कवीरलाई धेरै धेरै शुभकामना।’

नागरिक पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच लामो विवाद भएपछि आज चौधरी पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएको हो।

चौधरी पक्षले खोलेको नयाँ दलमा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानदेखि अन्य नेता पनि जोडिएका छन्। 

२८ वर्षीय सोप रेशम चौधरीका भान्जा हुन् भन्ने हल्ला छ । तर यसका आधिकारिक पुष्टि भएको छैन। ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित दल दर्ताको निवेदन दिएको हो।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ६ : १० बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०