गृहमन्त्री हटाउन दबाब आएको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचार भ्रमपूर्ण रहेको जनाएको छ ।
सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको उल्लेख गर्दै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको स्पष्ट पार्दै अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा सङ्गठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिइरहेका उल्लेख छ ।
सरकारले तत्काल राजदूत नियुक्त नगर्ने
प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूतको भेट
सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको भेट
राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस
नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भयो : महासचिव पोखरेल
जेन-जीका माग सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी : महासचिव पोखरेल
निर्वाचन र विशेष महाधिवेशनबारे कांग्रेस नेताहरूमा बाझियो मत
माधवलाई झलनाथको शुभकामना : माओवादीकै पछि लाग्न मन भए जानुस्
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई स्पष्ट सन्देश दिएका छन् । ‘क्रान्तिकारी पार्टी बनाउन छोडेर माओवादीकै पछि लाग्ने हो भने जानुस्,’ दुई दिनदेखि जारी पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले यस्तो भने ।
खनालले हालको राजनीतिक परिस्थिति र पार्टीको कमजोरीमाथि कडा टिप्पणी गर्दै यो एकीकरणको बेला नभएर पार्टी निर्माण र वैचारिक सुदृढीकरणको बेला भएको सम्झाए ।

‘अहिलेको अवस्था क्रान्तिकारी पार्टी बनाउने बेला हो, एकीकरणमा जानु ठीक समय होइन,’ उनले सम्बोधनका क्रममा भने।
उनले जेन(जी आन्दोलनको उथलपुथललाई राजनीतिक नेतृत्वको असफलतापछि उत्पन्न असन्तोषको संज्ञा दिए । यो भयानक असफलताको जिम्मेवारी हरेक दलका नेतृत्वले लिनपुर्ने उनले बताए ।
‘माधव नेपाल असफल भइसके, माओवादीसँग मिलेर कुनै चमत्कार हुँदैन’
झलनाथको आक्रोश : माधव नेपाल सत्ताको लोभमा फस्दा चार वर्ष खेर गयो, हामीले पार्टी बनाउनै सकेनौँ
श्रीमतीलाई जिउँदै आगो लगाउनेहरूप्रति झलनाथको आक्रोश : सेनाले नलगेको भए एकदुई जनालाई चिथोरेर मार्थेँ
रञ्जिताले दिइन् नाउपा नेपालका प्रस्तावित अध्यक्ष कबीरलाई बधाई
रेशमलाई सम्झिँदै रञ्जिता, ‘राजनीतिक दूरी बढेपनि सम्बन्धको आत्मीयता मेटिँदैन’
औपचारिक रूपमै फुट्यो नाउपा, दल दर्ता गराउन गए रेशम, अध्यक्षमा कबीर सोप
बिपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल-जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर
नेपाल सरकार र जापान सरकारबीच बिपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
बिहीबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आज मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो ।

महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाई भएको वि।पी। राजमार्ग नेपालको एक महत्त्वपूर्ण राष्ट्रिय राजमार्ग हो। यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो।गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो ।
जसमा विशेष गरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएका थिए।ती क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मतसम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता प्रदान गरेको छ।
खगेन्द्रलाई ५० हजार धरौटीमा छोड्न काभ्रे अदालतको आदेश
सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको भेट
इप्पानद्धारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण
सरोकार समितिले निर्वाचनको शान्ति सुरक्षाबारे सरकारसँग जानकारी लिने
भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन
नेकपा एमालेनिकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार भैरहवामा भाषण गर्दागर्दै अचानक ढलेर निधन भएको छ।
रुपन्देहीको भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालयअगाडि आयोजित उद्योगका मजदुरहरूसहितको धर्ना कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला ढलेका ६५ वर्षीय गौतमको निधन भएको हो।

भाषण गर्दा गर्दै ढलेका गौतमलाई सभास्थलबाट मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । तर उक्त अस्पतालका चिकित्सकहरूले गौतमलाई मृत घोषित गरे।
श्रीमती र दुई छोराका पिता उनी रुपन्देहीकै बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी हुन् । वि।सं। २०५४ सालदेखि जिफन्ट लागेका उनी एमालेको राजनीतिमा पनि सक्रिय थिए ।
कर्णालीका नर्सहरूले पनि सुरु गरे आन्दोलन
हिउँदे वर्षाले जलमग्न रिङरोड क्षेत्र (तस्बिरहरू)
वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात
स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह
बीपी राजमार्गमा रातको समयमा सवारी आवागमन निषेध
पर्यटकको रोजाइमा गुठिचौरको आकासे ताल
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण
यहाँस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण गरिएको छ । यही कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् । सफल आरोहीहरुमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्ड छन् ।

समुद्री सतहदेखि छ हजार १६९ मिटर अग्लो कोइकी हिमालको सफल आरोहणले मुगुम कार्मारोङवासी उत्साहित भएका छन् । ‘गाउँकै सामुन्ने रहेको यो हिमालको शिखरमा पहिलो पटक मान्छे पुगेको खबरले हामी हर्षित छौँ ।
चौँरी र याक चराउन फेदसम्म पुग्ने स्थानीय कसैले पनि यो हिमाल आरोहण गरेको सुनेका देखेका थिएनन्’, स्थानीय तुण्डुल तामाङले भने, ‘अब यस हिमालमा पनि आरोहणका लागि अरु आरोही आउँछन् भन्ने लागेको छ ।’
काटिसकेको धान भिजेपछि किसान चिन्तित
पोखरा-मुग्लिन सडक : भौतिक प्रगति ५९ प्रतिशत
शुक्लाफाँटा निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ताले नदीजन्य पदार्थ प्रयोग गर्न पाउने
अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
प्रतिकूल मौसमले देशभरको हवाई उडान प्रभावित
अन्नपूर्ण आधार शिविरबाट एक सय ६२ पर्यटकको उद्दार (फोटो फिचर)
वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध
नेपालगञ्ज–गुलरिया सडकमा चार लेनको पुल निर्माण हुँदै
बुसानमा ट्रम्प-सी वार्ता : व्यापार तनाव, युक्रेन युद्ध र फेन्टानिलबारे महत्त्वपूर्ण सहमति, ताइवानबारे कुनै कुरा भएन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार दक्षिण कोरियाको बुसान सहरमा महत्त्वपूर्ण भेटवार्ता भएको छ ।
यो भेटमा दुई देशबीचका सम्बन्ध सुधार र विश्वका प्रमुख मुद्दाबारे विस्तृत छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुवै नेताले युक्रेन संकट समाधानका लागि संयुक्त पहल गर्ने सहमति जनाएका छन्। ट्रम्पले सञ्चारकर्मीहरूसँग भने, ‘युक्रेनबारे लामो र गम्भीर छलफल भयो। हामी दुवै मिलेर केही ठोस नतिजा निकाल्ने प्रयास गर्नेछौं।’
उनले ताइवानबारे भने कुनै चर्चा नभएको बताए । बैठकमा व्यापार र शुल्क सम्बन्धी विषय प्रमुख एजेन्डा बनेको थियो।
ट्रम्पसँगको भेटपछि सी भन्छन्- व्यापारिक सहमति भयो
आणविक परीक्षणलाई निरन्तरता दिन ट्रम्पले दिए युद्ध मन्त्रालयलाई निर्देशन
रुसी तेल नकिन्ने भारतीय रिफाइनरीको घोषणा
इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता पुनः सुरु हुने सम्भावना
पाकिस्तानी जेलबाट ३ सयभन्दा बढी अफगान कैदी रिहा भई स्वदेश फिर्ता : मन्त्रालय













प्रतिक्रिया