कोशी प्रदेश प्रमुख खापुङसमक्ष अख्तियार वार्षिक प्रतिवेदन हस्तान्तरण | Khabarhub Khabarhub

कोशी प्रदेश प्रमुख खापुङसमक्ष अख्तियार वार्षिक प्रतिवेदन हस्तान्तरण


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन आज बुझाएको छ ।
    
प्रदेश प्रमुख खापुङलाई आयोगको इटहरी कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम  आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन बुझाएका छन् ।
    
प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै आमनेपालीको चाहना मुलुकमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास निर्माणले गति लिइ समृद्धि कायम र स्वदेशमा रोजगारी उपलब्ध हुनुपर्ने रहेको बताए। उनले आयोगलाई बलियो बनाई अनुसन्धानको काम कारबाही अझ सक्षम, प्रबल र प्रभावकारी बनाउन जनताको सहयोग र राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
    
प्रदेश प्रमुख खापुङले आयोगलाई भ्रष्टाचार नियन्त्रण गर्ने काममा संवैधानिक व्यवस्थाले मार्गनिर्देशन गरेको विचार राखे।
    
सो अवसरमा आयोगका इटहरी कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले आयोगका कार्यालयमा सो आर्थिक वर्षमा दर्ता भएका एवं जिम्मेवारी सरेका गरी दुई हजार ३३६ उजुरी रहेकामा एक हजार ९३५ फछर्यौट भएको जानकारी दिए।    

उनका अनुसार प्रदेशगत रुपमा कोशी प्रदेशअन्तर्गत सङ्घीय कार्यालयका ९०१, प्रदेश सरकारका ४८९ र स्थानीय तहका एक हजार ९०४ गरी कूल तीन हजार २९४ वटा उजुरी रहेका छन् । प्रदेशमा वन तथा वातावरण क्षेत्रका उजुरी अन्यको तुलनामा धेरै २४ दशमलव ४९ प्रतिशत रहेको बताए।
 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ७ : ३४ बजे

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

काठमाडौं– नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय

कुर्सी र सत्ताको सिँढी नबनोस् जेन–जी आन्दोलन  

नेपाल अहिले राजनीतिक रूपमा संवेदनशील मोडमा छ । विगत केही

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण