स्वनिर्मित नियम घोषणा गरी विश्व व्यापारलाई नबिथोल्न चीनको आग्रह « Khabarhub

स्वनिर्मित नियम घोषणा गरी विश्व व्यापारलाई नबिथोल्न चीनको आग्रह


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले जी–७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गरेको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकारसँगको नियमित भेटघाटका क्रममा बिहीबार भने, ‘जी–७ राष्ट्रहरूले बजारमा चीनको प्रभुत्वको सामना गर्न महत्वपूर्ण खनिज उत्पादन गठबन्धनको घोषणा गर्ने रिपोर्टबारे प्रतिक्रिया दिँदै स्वनिर्मित नियमको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गरेका हुन् । 

प्रवक्ता गुओले भने, ‘चीनले निर्यात नियन्त्रण प्रणालीलाई मानकीकृत र सुधार गर्न कदम चालेको छ। यो अन्तर्राष्ट्रिय अभ्यास अनुरूप छ र यसको उद्देश्य विश्व शान्ति र क्षेत्रीय स्थिरता कायम गर्नु र परमाणु अप्रसार र अन्य अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नु हो।’

उनले भने, ‘हामी जी–७ लाई बजार अर्थतन्त्रका सिद्धान्त र अन्तर्राष्ट्रिय व्यापार नियमको इमान्दारीपूर्वक पालना गर्न, समूहको स्वनिर्मित नियमले अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई बिगार्न बन्द गर्न र स्थिर विश्व अर्थतन्त्रका लागि संयुक्त रूपमा काम गर्न आग्रह गर्दछौँ।’
 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ७ : ५९ बजे

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा