ओली भन्छन् : महाधिवेशनमा छलफल गर्नुपर्ने कुनै विषय छैनन् « Khabarhub

ओली भन्छन् : महाधिवेशनमा छलफल गर्नुपर्ने कुनै विषय छैनन्


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनमा लामो छलफल नहुने बताएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले यस महाधिवेशनले धेरै काम गर्नुनपर्ने भएकाले सिधै नेतृत्व छनोटमा जाने बताए ।

‘भदौ २०-२२ को दोस्रो विधान महाधिवेशनले देशको परिस्थितिको, हाम्रो इतिहासको समीक्षा गरेको छ। हाम्रा काम, हाम्रा सफलता र हाम्रा कमी कमजोरीको समीक्षा गरेर राजनीतिक प्रतिवेदन प्रस्ताव पारित गरिसकेका छौँ’, उनले भने, ‘पार्टीको सांगठानिक अवस्थाको पनि समीक्षा गरेर प्रतिवेदन पारित गरिसकेका छौँ । अहिले त्यसमा केही पारित गर्नुपर्ने छैन ।’

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा केही हेरफेर गर्नु नपर्ने बताए । ‘विधानमा केही ठूलो परिवर्तन गर्नुपर्ने जरुरी छैन । महाधिवेशनमा लामो छलफल हुँदैन । छोटो विधिबाट यसलाई टुंग्याउँछौँ’, उनले भने, ‘यस महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा लाने छौँ ।’

यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलपछि देशको परिस्थिति फेरिएकाले ११ औँ महाधिवेशनमा विस्तृत छलफल हुनुपर्ने माग राखेका थिए । उनले दलको विधान, देशको राजनीतिक अवस्थासहितका विषयमा विस्तृत छलफल गरेर मात्रै अगाडि बढ्नुपर्ने अडान राखेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ३ : ०२ बजे

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५

धितो लिलामी मुद्दामा बैंकका अधिकारीमाथि मुद्दा चलाएकोप्रति सिबिफिनको आपत्ति

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलामीको नियमित प्रक्रियालाई

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती