प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ « Khabarhub

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरिएको पुष्टि सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले गरेका छन् ।

‘हाम्रो टोलीले उहाँलाई नियन्त्रणमा लिइसकेको छ’, श्रेष्ठले खबरहबसँग भने, ‘बैंकिङ कसूरको अभियोगमा पक्राउ गरिएको छ । अहिले उहाँलाई हाम्रो टोलीले कार्यालयमा ल्याउँदैछ। विस्तृत विवरण औपचारिक वक्तव्यमार्फत् सार्वजनिक गर्नेछौँ।’

यसअघि गत कात्तिक ११ गते प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका थिए । तर भट्टचन जोडिएको प्रकरणमा नभई बैंकिङ कसुरमा अशोक शेरचन समातिएका हुन् ।

कात्तिक ११ मा पक्राउ परेका भट्टचनलाई ठगीको पनि आरोप थियो । बैंक, हेलिकप्टर, सहकारीसहित कयौँ व्यापारिक संस्था चलाइरहेको प्रभु ग्रुपको त्यस कम्पनीमाथि रेमिट्यान्स भुक्तानीको रकम फिर्ता नगरेको आरोप लागेको थियो । प्रभु म्यानेजमेन्ट प्रालिले कम्तीमा पनि १६ वटा सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा छानबिन चलिरहेको थियो ।

त्यसबेला प्रभु म्यानेजमेन्टका अध्यक्षमा उनै देवीप्रसाद भट्टचन थिए। भट्टचन २०७४ को निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेका थिए। तर अहिले उक्त कम्पनी कुसुम लामाले सम्हालिरहेकी छन् ।

विदेशबाट आउने रेमिट्यान्स वितरणका लागि एजेन्ट बनाइदिने भन्दै प्रभु म्यानेजमेन्टले सहकारीहरूबाट रकम लिएको खुलेको छ । तर उक्त रकम फिर्ता नगरेपछि पीडित सहकारीहरूले उजुरी दिएका थिए । एजेन्ट पनि भट्टचनकै कार्यकालमा बनाइएको थियो ।

भट्टचन नेतृत्वको कम्पनीले रकम फिर्ता नगरेको भन्दै गोरखा जिल्लाका सहकारीहरूले संयुक्त रूपमा ९९ लाख ३७ हजार रुपैयाँ ठगी भएको दाबीसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

पीडितहरूले भुक्तानी बाँकी रकम फिर्ताका लागि प्रमुख जिल्ला अधिकारीमार्फत् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागमा ज्ञापनपत्र पठाएका थिए ।

प्रभु म्यानेजमेन्टले गोरखास्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाको २ लाख २२ हजार, गोरखा बचत तथा ऋण सहकारी संस्थाको ३ लाख १४ हजार रुपैयाँ, दैनिक उत्थानको १० लाख १० हजार, भीमसेन-८ को सिर्जनशील बचतको १७ लाख २० हजार, भीमकुल बचतको ३ लाख ९२ हजार र सिद्धिगणेश बचतको १ हजार ५ सय रुपैयाँ फिर्ता नदिएको खुलेको थियो ।

सनराइज बचतको १ लाख ५ हजार, सुलिकोट बहुउद्देश्यीय बचतको १३ लाख १३ हजार र ससारी बचतको ५ लाख ८ हजार रुपैया फिर्ता लिन बाँकी थियो ।

उता गोरखकाली बचतको ३ लाख, महिला जागरण बारपाक सुलिकोट बचतको १ लाख १० हजार, गोरखा उद्यमशील बचतको ३ लाख ११ हजार, चम्पावती बचतको ३ लाख ८ हजार, थालाजुङ विकास बहुउद्देश्यीय बचतको २ लाख ४० हजार, सप्तकोशी बचतको २ लाख ४१ हजार र शीतला बचतको २८ लाख ३५ हजार लिन बाँकी रहेको पीडितहरूले बताएका थिए ।

प्रभु म्यानेजमेन्टले देशभर चार सय सहकारीलाई एजेन्ट बनाउँदा धरौटी रकम लिएको थियो । तर रेमिट्यान्सबापत सहकारीले भुक्तानी गरेको रकम यो कम्पनीले फिर्ता दिएको थिएन। यो कम्पनीले सहकारीहरूको करिब १ अर्ब रकम फिर्ता नदिएको सीआईबीको अनुसन्धानबाट पनि खुलेको छ।

अर्कातिर भक्तपुरका १८ वटा सहकारी संस्थाको ५२ लाखभन्दा बढी रकम प्रभु म्यानेजमेन्टले दिएको थिएन । प्रभु म्यानेजमेन्टले २ वर्षदेखि सम्झौताअनुसार भुक्तानी रोकेको पीडितहरूको गुनासो थियो ।

प्रभु म्यानेजमेन्ट प्रालि प्रभु समूहकै एक कम्पनी हो । यसले जिल्लास्थित सहकारीलाई एजेन्ट बनाएर रेमिट्यान्स भुक्तानी दिने गर्थ्यो। यो कम्पनीले सहकारीहरूबाट धरौटी पनि लिएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ४ : ३४ बजे

धादिङ बस दुर्घटना अपडेट : ट्रमामा १२ जना उपचाररत, एकको अवस्था गम्भिर

काठमाडौं– धादिङमा भएको बस दुर्घटनामा घाइते भई काठमाडौंस्थित राष्ट्रिय ट्रमा

एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश गरिन्

सिरहा- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ मात्र जवाफ

काठमाडौं–  केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित