पुस मसान्तमा १५औं महाधिवेशन गर्ने तालिका ल्याउँदैछ कांग्रेस « Khabarhub

पुस मसान्तमा १५औं महाधिवेशन गर्ने तालिका ल्याउँदैछ कांग्रेस


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले १५औं महाधिवेशन नियमित गर्ने गरी तालिका ल्याउने तयारी गरेको छ। आइतबार सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको पदाधिकारी र केही नेताको छलफलले पुस २७ देखि ३० गतेसम्मको तालिका ल्याउने र तत्काल प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालेको हो।

छलफलमा सहभागी नेता रमेश लेखकका अनुसार पुस मसान्तको तालिका ल्याउने विषयमा सहमतिनजिक पुगेको बताए। ‘शनिबार मोटामोटी सहमति भइसकेकै हो। केही विषयहरू थिए त्यसमा पनि सहमतिउन्मुख छ,’ उनले भने, ‘अब अधिवेशनका लागि पुसमा क्यालेन्डर निकाल्ने, महाधिवेशन तोक्ने, आवश्यक समितिहरू बनाउने, क्रियाशील सदस्यता छानबिन तथा विधान मस्यौदाको विषयमा छलफल भयो।’

नियमित महाधिवेशन पुस महिनामा गर्दा फागुन २१ मा तय भएको प्रतिनिधि सभा निर्वाचनका कारणले कुनै असर गर्दैन भन्ने प्रश्नमा उनले जहाँ समस्या उत्पन्न हुन्छ त्यहाँ प्रक्रिया रोकेर सहमतिको लागि प्रयास थाल्ने गरी प्रक्रियाअगाडि बढाउन लागिएको बताए।

‘काम द्रुतरुपमा गर्दै जाने। सर्वसम्मतिले समयमै सबै काम भयो भने महाधिवेशन गर्ने कुरामा समस्या भएन। केही गरी काम सकिएन, सर्वसम्मत भएन भने त्यही बेला सरसल्लाह गर्ने सहमति जुटाउने कुरा भएको छ,’ उनले भने।

नेपाली कांग्रेसभित्र पार्टीको नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयले लामो समयदेखि विवाद चर्किँदो छ। खासगरी महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशन अब सम्भव नभएको भन्दै विशेष महाधिवेशनको विकल्प नभएको बताउँदै आएका छन्।

उनीसहितको सक्रियतामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षरसमेत बुझाएका छन्। हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ। विशेषको समयअवधिभित्रै नियमित महाधिवेशन सुरु गरेर विशेषको प्रस्तावलाई थाती राख्ने रणनीतिमा संस्थापन लागेको हो।

सभापति शेरबहादुर देउवासहित उनको समूहका नेताहरूले भने विशेष नगरी नियमितमा जोड दिँदै आएका छन्। देउवा समूहकै पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलासहित नेताहरू भने वैशाखमा महाधिवेशन गर्नुपर्ने र त्यसअघि निर्वाचनको तयारीमा लाग्नुपर्ने पक्षमा छन्।

असोज २८ गतेदेखि यही वरिपरि कांग्रेस केन्द्रीय समिति बैठक रुमल्लिएको छ। असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि देशबाहिर गएका देउवा एक महिनापछि फर्किँदासम्म नेताहरूले सहमति जुटाउन नसकेपछि आफैँ सहजीकरणका लागि सक्रिय भएका छन्।

पछिल्लो तीन दिन लगातार देउवाले महाधिवेशन केन्द्रित रहेर नेताहरूसँग छलफल गरिरहेका छन्।नेताहरूबीच सहमति नहुँदा केन्द्रीय समिति बैठक कार्यवाहक सभापति खड्काले सार्दै आइरहेका छन्। पछिल्लोपटक सोमबारसम्मलाई बैठक सारिएको छ।

उता देउवानिकट एक समूहको भेलाले कार्यवाहक सभापति र लेखकले गरेको प्रस्ताव नमान्ने निर्णय नै गरेको छ। भेलाले कात्तिक १८ गते सहमहामन्त्री महेन्द्र यादवले पेस गरेको नियमित महाधिवेशनको तालिकालाई बहुमतका आधारमा केन्द्रीय समितिमा निर्णयार्थ पेस गर्न दबाब दिनुपर्ने निष्कर्ष पनि निकालेको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ८ : ३६ बजे

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती– बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा